Harsamaya
आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
गृहमन्त्री ओमप्रकाश अर्याल ।

काठमाडौं - गृहमन्त्री ओमप्रकाश अर्यालले आज केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । 

बैठकमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधि सहभागी हुनेछन्।

बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारिरहेको एकीकृत सुरक्षा योजनाको प्रगति समीक्षा गर्ने र आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिने गृह मन्त्रालयले जनाएको छ । 


 

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update