रामहरि खतिवडाले बुझाए सभामुखलाई राजीनामा पत्र
बुधबार, साउन २८, २०८२
बुधबार साउन २८ गतेबाट लागू हुने गरी उनले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका हुन् ।
कैलाली कारागार घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन (भिडियोसहित)
बुधबार, साउन २८, २०८२
कानुन समितिले कैलाली कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
संसद भवनलाई सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको छः प्रधानमन्त्री
बुधबार, साउन २८, २०८२
उनले जनताले सहकारीमा गरेको वचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको भन्दै अदालतले पुर्पक्षका लागि थुनामा पठाएका व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने भाष्य गलत रहेको बताए ।
राप्रपा युवा संगठनको अधिवेशनमा हात हालाहाल, ज्योति लामाको अध्यक्षतामा समानान्तर समिति गठन
बुधबार, साउन २८, २०८२
आज चाबहिलमा आयोजित जिल्ला अधिवेशनमा दुई पक्षबीच हात हालाहाल भएपछि राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका हुन् ।
गल्ती नगरेको भए जस्तोसुकै छानबिन आयोग बनाएपनि फरक पर्दैन : सांसद सिंह
बुधबार, साउन २८, २०८२
उनले बदमासी गर्नेले सजाय पाउने भन्दै उच्च स्तरको छानबिन समिति गठन गर्न आग्रह गरे ।
नेपालमा अब नैतिकता केही मानिसमा मात्र बाँकी छः अशोक चौधरी
बुधबार, साउन २८, २०८२
बुधबार प्रतिनिधि सभाको बैठकमा उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री र पोखरा लिच्चीबारी काण्डमा सहकारी मन्त्रीको नाम जोडिदा पनि उनीहरुविरुद्ध कारबाही नभएको भन्दै यो देशमा नैतिकता हराउदैँ गएको बताए ।
‘भौतिक पूर्वाधारको अवस्था कमजोरका कारण क्षमताभन्दा बढी कैदीहरु राख्नुपर्ने बाध्यता छ’
बुधबार, साउन २८, २०८२
त्यस्तै उनले सात हजार जना कैदी बन्दीलाई अहिले उत्पादनमुलक काममा लगाइएको र ४० वटा कारागारमा बन्दीहरुलाई सामुहिक मनोसामाजिक परामर्श प्रदान गरिएको जानकारी गराए ।
रवि लामिछाने माथि भएको अन्याय विरुद्ध अन्तर्राष्ट्रिय अदालत जान्छु : निकिता पौडेल
बुधबार, साउन २८, २०८२
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस सार्वजनिक गर्दै उनले न्यायालयमा राजनीतिक प्रभावका कारण निष्पक्षता खल्बलिएको गम्भीर दाबी गरेकी हुन् ।
नाउपको अध्यक्षमा चौधरीलाई आयोगले दिएन मान्यता, श्रेष्ठ नै अध्यक्ष कायम रहने
बुधबार, साउन २८, २०८२
श्रेष्ठलाई हटाउँदै नाउपामा एक समूहले राष्ट्रिय भेला मार्फत लालवीर चौधरीलाई अध्यक्ष तोकेको थियो । अध्यक्षमा दाबी गर्दै लालवीर चौधरीले अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको र रन्जितानै अध्यक्ष भएको निर्णय आयोगको छ ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
बुधबार, साउन २८, २०८२
अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।
प्रतिनिधि सभाको बैठक बस्दै, मन्त्रीहरूले सांसदको प्रश्नको जवाफ दिने
बुधबार, साउन २८, २०८२
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।
सबै भूमीहीनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री
मंगलबार, साउन २७, २०८२
उनले अनेक स्वार्थ समूहको प्रभावमा पर्न सकिने भएकाले त्यसबाट बचेर बदनाम नहुने गरी काम गर्न पनि आयोगको नेतृत्वलाई आग्रह गरे ।
इन्द्रबहादुर बानियाँले पाए विश्वासको मत
मंगलबार, साउन २७, २०८२
कुल ११० सदस्यीय संसद्मा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । उनलाई कांग्रेसका ३६ र एमालेका २७ सांसदले मत दिएका छन् । आज प्रदेश सभामा ९२ सांसद उपस्थित थिए ।
साताको लोकप्रिय

