काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज बस्न लागेको हो ।
पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । कांग्रेसभित्र आसन्न १५ औँ महाधिवेशन कार्यतालिका सम्बन्धी विवाद छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेको समूहले मंसिरभित्र महाधिवेशन सक्नेगरी कार्यतालिका ल्याउनुपर्ने पक्षमा छन् ।
यता‚ संस्थापन पक्ष भने निर्वाचन अघी महाधिवेशन गर्न नसकिने र कार्यतालिका पनि त्यसै अनुसार ल्याउनुपर्ने अडानमा छन् । सोही विवादका बिच ५४ प्रतिशत महाधिवशेन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन् । कांग्रेसको केन्द्रीय समिति बैठक यहीँ विषयमा रूमलिएको छ ।
आज केन्द्रीय समिति बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति खोज्न दुई महामन्त्रीसहित शीर्ष नेताको बैठक पनि बोलाएका छन् ।

