Harsamaya
कांग्रेस केन्द्रीय समिति फेरि स्थगित
कांग्रेस केन्द्रीय कार्यसमिति ।

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । शुक्रबार स्थगित भएर आज बस्ने भनिएको बैठक पुन स्थगित भएको हो ।

बैठक कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । 

 कांग्रेसभित्र आसन्न १५ औँ महाधिवेशन कार्यतालिका सम्बन्धी विवाद छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेको समूहले मंसिरभित्र महाधिवेशन सक्नेगरी कार्यतालिका ल्याउनुपर्ने पक्षमा छन् ।

यता‚ संस्थापन पक्ष भने निर्वाचन अघी महाधिवेशन गर्न नसकिने र कार्यतालिका पनि त्यसै अनुसार ल्याउनुपर्ने अडानमा छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update