Harsamaya
भण्डारीको संयोजकत्वमा ‘डेमोक्रेटिक जेनजी’ फोरम गठन
सुरेन्द्र भण्डारी

काठमाडौं - देशभरिका लोकतन्त्रप्रति आस्था राख्ने जेनजीहरुको फोरम गठन गरिएको छ । आम लोकतान्त्रिक युवाहरूको साझा फोरमको रूपमा आइतबार सुरेन्द्र भण्डारीको संयोजकत्वमा डेमोक्रेटिक जेनजी फोरम गठन भएको हो । 

उक्त फोरमको सदस्यमा पुजन चाम्लिङ राई इलाम, रिशा थापा ललितपुर, सरोज विष्ट अछाम, विशाल शाही हुम्ला,  कुम्भराज सहकारी देउवा कालिकोट , जनक साउद दैलेख, लक्ष्मी प्रसाद पौडेल पोखरा, महेन्द्र कुँवर, रमेश न्यौपाने दैलेख, सुनिता मल्ल मुगु, सतेन्द्र यादव, विनोद उपाध्यय धादिङ ,निरन्जन रोहिता धनुषा, सहितको कार्यसमिति गठन गरिएको छ।

राष्ट्रियता, लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, समावेशी, सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र , प्रेस स्वतन्त्रता , नागरिक सर्वोच्चता, स्वतन्त्र न्यायपालिका लगायत लोकतन्त्र का मूलभूत आधार स्तम्भ लाई जुनसुकै बहाना बाट हुने आक्रमण र षड्यन्त्र लाई चिर्दै लोकतन्त्र प्रति आस्था राख्ने सम्पूर्ण जेन्जी युवाहरूलाई एकीकृत गर्न डेमोक्रेटिक जेनजी फोरम गठन गरिएको हो ।

संयोजक भण्डारीका अनुसार हिजोका दिनमा भएका थुप्रै कमीकमजोरीलाई समीक्षा गर्दै आगामी दिनमा गल्ती दोहोर्‍याउने प्रतिबद्धता गर्दै लोकतन्त्रलाई  थप विकसित र परिष्कृत गर्दै अगाडी बढाउने फोरमले लक्ष्य लिएको छ । उनले चाँडो भन्दा चाँडो राष्ट्रव्यापी लोकतन्त्रप्रति प्रति आस्था राख्ने देशैभरि छरिएर रहेका सबै जेनजी युवालाई सङ्गठित गर्न सात प्रदेश र ७७ जिल्लामा संयोजक चयन गरेर अघि बढ्ने फोरमको तयारी रहेको बताए । 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update