पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी
शनिबार, माघ १९, २०८१
गृह मन्त्रालयले केबलकार नियमनको विषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्ने भएकाले यस्तो जिम्मेवारी दिइएको गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘सरकारमाथि निगरानी र विधायिकी भूमिका बढाउनु अपरिहार्य’
शनिबार, माघ १९, २०८१
प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा सरकार र प्रतिपक्षी दलहरूबीच विभिन्न विषयमा पेचिलो ढङ्गले बहस भयो । मुख्य रूपमा सरकारले जारी गरेका अध्यादेश, संविधान संशोधन, सरकारको कार्यशैली, प्रतिपक्षको भूमिका, नीतिगत सुधार तथा नयाँ कानुन निर्माणका विषय उठान भए । सरकारले प्रस्तुत गरेको अध्यादेशको प्रक्रिया र अध्यादेशका विषयवस्तुमाथि प्रतिपक्षबाट आलोचना र सत्तापक्षबाट...

व्यवस्थित बसोबास समन्वय विभागमा देउवाले गरे १० जना मनोनयन (सूचीसहित)
शनिबार, माघ १९, २०८१
जसअनुसार, श्री राजकुमार पाण्डे, काठमाडौं, ज्ञानबहादुर शाही, जाजरकोट, देवकीदेवी सिंह, डडेल्धुरा, श्री कल्पना श्रेष्ठ, भक्तपुर, श्यामकृष्ण महर्जन, काठमाडौं, सरिता बिसी, रुकुम पूर्व, विजयजंग बस्नेत, मोरङ, प्रेमबहादुर विक, नवलपरासी, सञ्जिव पुडासैनी, गोरखा, सपुतबहादुर कार्की, रौतहट रहेको केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

चितवनमा नेकपा एस छाडेर को को गए माओवादीमा ?
शनिबार, माघ १९, २०८१
एकीकृत समाजवादीका चितवन जिल्ला उपाध्यक्ष गंगालाल तामाङ, बागमती प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरु राजेन्द्र कँडेल, किरण श्रेष्ण, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर राना मगर, बिष्णु लामिछाने, बलराम पीडित, सुदन दराई लगायत विभिन्न तहमा रहेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रको पक्षमा देशव्यापी नयाँ लहर सुरु भएको छः प्रचण्ड
शनिबार, माघ १९, २०८१
अध्यक्ष प्रचण्डले अहिले देशभरि माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै यसले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको बताए । आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरेकाले यसबाट डराएकाहरुले सरकारबाट हटाएको जनताले प्रष्टरुपमा बुझिसकेको उल्लेख गर्दै उनले पार्टीको तर्फबाट पनि यसबीचमा भएका...

प्रतिनिधिसभामा शोक प्रस्ताव पारित, अर्को बैठक यही माघ २४ गते बस्ने
शुक्रबार, माघ १८, २०८१
प्रतिनिधिसभा आजको बैठकले पूर्वसभामुख दमननाथ ढुङ्गाना, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी, पूर्वसांसदहरू प्रेमलाल सिंह (पिएल सिंह) र रामजीप्रसाद शर्माको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्छ : अध्यक्ष लिङ्देन
शुक्रबार, माघ १८, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

‘खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरिने छ’
शुक्रबार, माघ १८, २०८१
खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको क्षेत्रमा देखिएका समस्या दीर्घाकालीन रुपमा समाधान गर्न मन्त्रालय कटिबद्ध रहेको बताएका छ् ।

हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्छः वरिष्ठ उपाध्यक्ष पाण्डे
शुक्रबार, माघ १८, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

विपन्न परिवारलाई निःशुल्क खानेपानी र बिजुली
शुक्रबार, माघ १८, २०८१
मेचीनगर नगरपालिका–२ ले आफ्ना वडाका विपन्न परिवारका घरमा शुद्ध खानेपानी र बिजुलीबत्ती निःशुल्क जडान गरिदिएको छ । वडाका अति विपन्न परिवारको पहिचान गरी बत्ती र खानेपानीको धारा निःशुल्क रुपमा जडान गरिरहेको वडाध्यक्ष दीपक बरालले बताए ।

सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्न सक्छौँ : नेता सिटौला
शुक्रबार, माघ १८, २०८१
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्नसक्ने बताएका छन् ।

संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा
शुक्रबार, माघ १८, २०८१
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै दलको सहमतिमा संविधान संशोधन हुने बताएका छन् । प्रतिनिधिसभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा आज सम्बोधन गर्दै उनले संविधानका राम्रा र नराम्रा पक्षको समीक्षासहित संशोधनको प्रक्रिया पनि प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरे ।

संविधान संशोधनका लागि प्रारम्भिक छलफल सुरू गरिसकेका छौं : देउवा
शुक्रबार, माघ १८, २०८१
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुलबादमा आधारित भएर संविधान संसोधन गर्नु पर्नेमा जोड दिएका छन् ।
साताको लोकप्रिय