नेपाली कांग्रेसको प्रतिज्ञापत्रबारे आज खुला प्रश्नोत्तर
ललितपुर - नेपाली काँग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्रबारे बिहीबार खुला प्रश्नोत्तर कार्यक्रम गर्ने भएको छ।
जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञापत्रबारे सभापति गगन थापाले राष्ट्रिय सभा गृहमा दिउँसो १ बजेदेखि प्रत्यक्ष रूपमा प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको छ।
कार्यक्रममा देश–विदेशबाट प्रत्यक्ष प्रश्न सोध्न सकिने व्यवस्था गरिएको छ। कांग्रेसले आगामी पाँच वर्षको योजना प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरेको छ।
प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२ ०९:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

