निलम्बन फुकुवा गरिदिन रवि लामिछानेले सभामुखलाई बुझाए निवेदन
शुक्रबार, माघ १८, २०८१
रास्वपाका सभापति रवि लामिछानेले सांसद पदबाट निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सभामुख घिमिरेलाई भेटेर रविले आफ्नो सांसद पद निलम्बन फुकुवाको मा ग गरेका हुन् ।

विश्वमञ्चमा शेखरले देखाएको नेपालको ‘सान’
शुक्रबार, माघ १८, २०८१
लोभी पापीको झुण्ड भएको काँग्रेसमा केन्द्रीय सभापतिको टिकट पाउन सजिलो थिएन । उनलाई गलाउन अनेक जुक्तिहरु लगाए । उनका कमीकमजोरी खोज्न सिगो नेतृत्व नै लाग्यो । तर, उनको कर्मले जित्यो । उनले १४औं महाधिवेशनमा सभापतिको टिकट त लिए तर सभापतिमा जित्न सकेनन् । न उनले परिवाको साथ पाए न सिनियर...

संसद् अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने
शुक्रबार, माघ १८, २०८१
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको दुवै सदनका सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरु मनोनयन गर्नेछन् ।

‘सूचना प्रविधि क्षेत्रबाट वार्षिक १० खर्ब बढी आम्दानी गर्न सकिन्छ’
बिहीबार, माघ १७, २०८१
उनले भने, ‘अहिले हामीले दक्ष जनशक्ति निर्माणको लागि प्रयत्न गरिरहेका छौं । हरेक आईटी कलेजहरुमा कोटा नछुट्याइ सहजै आईटी पढन सकिने व्यवस्था गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ भनेर लविङ गरिरहेका छौं ।’ अहिले विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको पर्यटन क्षेत्रलाई पनि आईटीले उछिनिसकेको छ ।

दुई दलले मात्रै संविधान संशोधन गर्नु हुँदैन - डा.शेखर
बिहीबार, माघ १७, २०८१
कार्यक्रममा संविधानविद् डा.भीमार्जुन आचार्यले राष्ट्रपति राजनैतिक पद नभएकाले आगामी संविधान संशोधनमा यसलाई स्पष्ट पार्नुपर्ने बताए । न्यायपालिकाले मात्र लोकतन्त्र बचाउन सक्ने भएकाले यसलाई निष्पक्ष र स्वतन्त्र बनाउन न्याय परिषदमा बार एसोसिएसन र सरकारको प्रतिनिधित्व हटाउन तथा संसदीय सुनुवाइको प्रावधान खारेज गर्न उनले आग्रह गरे ।

अध्यादेशका विरुद्ध सदनमा खबरदारी गर्ने माओवादी केन्द्रको निर्णय
बिहीबार, माघ १७, २०८१
अध्यादेशको प्रक्रिया लोकतन्त्रलाई सबलीकरण गर्ने नगरि नआएको र समग्र प्रक्रिया नै गलत भएकाले खबरदारी गर्ने निर्णय गरिएको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
बिहीबार, माघ १७, २०८१
पूर्वाधार विकासको क्रम जारी रहेकाले नेपाल अझ तीव्रताका साथ अगाडि बढ्ने बताउँदै प्रधानमन्त्री ओलीले बहुतै असहज राजनीतिक अस्थिरता जस्ता कुराले अर्थतन्त्रलाई प्रतिकूल असर परेका बेला त्यसलाई लयमा फर्काउन नयाँ सरकार बनेकाले सन् २०२६ मा नेपाललाई मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नति गर्ने तयारीमा भएको जनाए।

प्रचण्ड र अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरूबीच भेट
बिहीबार, माघ १७, २०८१
‘आज बिहान खुमलटारमा अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरूसङ्ग भेट भयो, आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित नौजवान युवाहरूको उर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाइ र राजनैतिक आन्दोलनको सेवा गर्न सहि ढंगले प्रयोग हुने विश्वास लिएको छु,’ अध्यक्ष प्रचण्डले सो भेटवार्ता पछि भने, ‘ सम्पूर्ण निर्वाचित टिमलाई पुनः हार्दिक बधाई तथा...

विधेयकहरूलाई फास्ट ट्रयाकमा लैजाने कुराले सरकार अतालिएको देखिन्छ - अग्निप्रसाद सापकोटा
बिहीबार, माघ १७, २०८१
साकोटाले संसद ढिलो बोलाउने र विधेयकहरुलाई फास्ट ट्रयाकमा लैजाने कुराले सरकारले अतालिएको देखिएको जिकिर गरे । विपक्षीहरूले तर्कसहित अध्यादेशको विरोध जनाउने निर्णय गरेपछि सत्तारुढ दलले त्यसको प्रतिवाद गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको उनले बताए ।

‘नो केबलकार’ पक्षधरलाई वार्तामा आउन कोशी सरकारको आव्हान
बिहीबार, माघ १७, २०८१
ताप्लेजुङ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा केबलकार निर्माणमा असन्तुष्टि जनाउने पक्षहरूसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले बताए। 'असन्तुष्ट पक्षहरूसँग प्रदेश सरकारबाट गठित वार्ता समिति औपचारिक रूपमा वार्ताको लागि आव्हान गर्दछ,' निर्णयमा भनिएको छ।

कांग्रेस महामन्त्री थापा हेलिकोप्टर लिएर सुदूरपश्चिम भ्रमणमा
बिहीबार, माघ १७, २०८१
बिहिबार बिहान उनी श्रीमतीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको भ्रमणमा निस्किएका छन्। अछामबाट बडीमालिका, खप्तड, रामारोशन लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण लागि हेलिकोप्टरको व्यवस्था गरिएको छ।

सोनाम ल्होछारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपति
बिहीबार, माघ १७, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होछारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
तामाङ समुदायको पर्व सोनामल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनामल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

पुर्व राजा आज भारत जाँदै, गोरखनाथ मन्दिरमा खिचडी चढाउँने
बिहीबार, माघ १७, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदै छन ।
उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजाअर्चना गर्ने जनाइएको छ । पूर्वराजा शाह हाल भैरहवामा छन् ।
साताको लोकप्रिय