काठमाडौं - यही फागुन २१ गते हुने निर्वाचनको लागि आजदेखि घरदैलो कार्यक्रम सुरु भएको छ । सोही क्रममा काठमाडौं क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेलले पनि आफ्नो घरदैलो कार्यक्रम सुरु गरेका छन् ।
घरदैलो कार्यक्रममा पत्रकारहरुसँग बोल्दै पोखरेलले आफ्नो राष्ट्रिय स्तरको एजेण्डा भएको बताउँदै स्वाधिनताको विषयमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाए ।
त्यस्तै उत्पादनसँग जोडिएको शिक्षा, स्वास्थ्य ,रोजगारी तथा स्वरोजगारीको विषय जस्ता कुरामा ध्यान दिने उनले बताए ।
‘राष्ट्रिय स्तरको एजेण्डा छन् । संकटमा पार्न खोजिएका राष्ट्रिय स्वाधिनताको विषयमा हामी दृढतापूर्वक उभिने छौं । राष्ट्रिय स्तरका विकासको कुरामा जोड दिन्छौं ।
जनतालाई सेवा प्रवाह गर्ने खासगरी उत्पादनसँग जोडिएको शिक्षा,स्वास्थ्य र रोजगारी रोजगारीको विषय जस्ता कुरामा हामी ध्यान दिन्छौं ।’

