Harsamaya
धर्मेन्द्र बास्तोला पक्राउ
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ।

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सुन्धाराबाट पक्राउ गरिएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार बास्तोलासँगै पार्टीका काभ्रे जिल्ला सेक्रेटरी विष्णु प्रसाद तिम्सिनालाई पनि नियन्त्रणमा लिइएको छ।

नेकपा (बहुमत) ले फागुन २१ गते हुने निर्वाचनको विरोध गर्दै आएको छ। मंगलबार सो समूहले नेपाल बन्दको आह्वानसमेत गरेको थियो। प्रहरीले पक्राउको कारणबारे थप विवरण खुलाएको छैन।

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update