Harsamaya
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं - नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्दै छ । बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update