Harsamaya
एमालेका शेर बहादुर तामाङ घरदैलोमा व्यस्त
तिनिधि सभा क्षेत्र–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार शेर बहादुर तामाङ ।

सिन्धुपाल्चोक - प्रतिनिधि सभा क्षेत्र–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार शेर बहादुर तामाङ यतिबेला इन्द्रावती गाउँपालिका–४ मा घरदैलो अभियान अन्तर्गत मतदाता भेटघाट तथा मत माग्न व्यस्त छन्।

एमालेले तामाङलाई पाँचौं पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा अघि सारेको हो। उनले २०७० र २०७४ सालमा साविक क्षेत्र–३ र क्षेत्र–२ बाट एक–एक पटक गरी दुई पटक विजय हासिल गरेका थिए भने दुई पटक पराजय भोगेका थिए । २०६४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उनले हार व्यहोरेका थिए।

यसपटक तामाङले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित लोकल रक्सी ब्रान्डिङ गर्ने एजेन्डा लिएर चुनावी मैदानमा उत्रिएका छन्।

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update