आमसभालाई सम्बोधन गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ धनगढीमा
धनगढी - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ देश दौडाहका क्रममा बिहीबार धनगढी पुगेका छन् । बिहीबार दिउँसो धनगढी विमानस्थलमा समर्थकहरुले स्वागत गरेका छन् ।
स्थानीय जनसमुदाय, पार्टीका नेता तथा कार्यकर्ताहरूले घिसिङलाई स्वागत स्वरुप फूलमाला, खादा तथा नाराबाजीसहित बाइक र्याली गरिएको छ ।
विहान आफ्नै निर्वाचन क्षेत्र काठमाडौं ३ मा घरदैलो गरेका घिसिङ धनगढी हुँदै विभिन्न जिल्ला पुग्ने कार्यतालिका छन् । उनी कन्चनपुर, कैलाली, बर्दियामा हुने आमसभामा सहभागी हुनेछन् । सुदूरपश्चिमको भ्रमण सकेर उनी काठमाडौं फर्किने कार्यक्रम छ । त्यसलगत्तै अन्य जिल्लाको भ्रमणमा निस्कने कार्यक्रम छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२ १५:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

