Harsamaya
राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता आज
राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता आज राष्ट्रियसभामा रिक्त हुन लागेको १९ मध्ये १८ सदस्यका लागि निर्वाचन गरिन लागेको हो। निर्वाचन आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ। मंगलबार मतदाता नामावलीमा कुनै दाबीविरोध भए/नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक भइसकेको छ।
विमलेन्द्र निधिमाथि दुर्व्यवहारको विरोधमा महामन्त्री थापाविरुद्ध कोटेश्वरमा प्रदर्शन
विमलेन्द्र निधिमाथि दुर्व्यवहारको विरोधमा महामन्त्री थापाविरुद्ध कोटेश्वरमा प्रदर्शन पार्टी उपसभापति एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधिलाई दुर्व्यवहार गरेको आरोपमा उनीहरूले थापाविरुद्ध राँको बालेर नाराबाजी गरेका हुन् । यसअघि काँग्रेसमा विशेष महाधिवेशन गर्ने वा नगर्ने भन्नेबारे देखिएको दुई धारको विवादबिच मंगलबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपास्थित पार्टी कार्यालय पुगेका नेता निधि र कार्यालयमा प्रदर्शनरत समूहबिच चर्काचर्की भएको थियो...
काँग्रेसका उपसभापति  निधिमाथि दुर्व्यवहार भएको भन्दै रास्वपा प्रवक्ता झाले गरे निन्दा
काँग्रेसका उपसभापति निधिमाथि दुर्व्यवहार भएको भन्दै रास्वपा प्रवक्ता झाले गरे निन्दा झाले लेखेका छन्, ‘नेतृत्व प्रतिको नयाँ पुस्ताको दाबी स्वाभाविक हो तर पुरानो पुस्ता प्रति सम्मान यथावत् रहनुपर्छ । तसर्थ आज ललितपुर सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा काँग्रेस नेता विमलेन्द्र निधी माथि भएको दुर्व्यवहार निन्दनीय छ । म खेद व्यक्त गर्दछु ।’
पार्टी समायोजनको कार्य तुरुन्त टुङ्गाउने रास्वपाको तयारी
पार्टी समायोजनको कार्य तुरुन्त टुङ्गाउने रास्वपाको तयारी उनले भने, ‘विशेष गरी निर्वाचनसँग केन्द्रित गतिविधिलाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा धेरै आन्तरिक छलफलहरू भएर बैठक टुगिंएको छ । समायोजन समितिले समायोजनको कार्य तुरुन्त टुङ्गाउने गरी कामहरू अगाडि बढाई रहेको छ । यसको पहिलो बैठक भोली हुन्छ होला ।’
उम्मेदवार छनोट गर्दा अनिवार्य रूपमा ‘प्राइमरी इलेक्सन’ प्रणाली लागू गर्न माग 
उम्मेदवार छनोट गर्दा अनिवार्य रूपमा ‘प्राइमरी इलेक्सन’ प्रणाली लागू गर्न माग  अवधारणा पत्रमा पार्टीका वडा तहदेखि केन्द्रसम्म ४० प्रतिशत ४० मुनिका युवा प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने मात्र होइन तीनै तहका सरकारका लागि उम्मेदवार छनोट गर्दा अनिवार्य रूपमा ‘प्राइमरी इलेक्सन’ प्रणाली लागू गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रचण्डको दाबी -  राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति भएको छैन
प्रचण्डको दाबी -  राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति भएको छैन प्रचण्डले पार्टीको एकतापछि प्रवासको एकतासभाका लागि भारत भएको भन्दै भारतमा भएको भेटघाट औपचारिक नभएको धारणा राखे । 
कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, आठ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, आठ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ मुख्यमन्त्री कार्कीले यसअघिका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमतिअनुसार नयाँ मन्त्रिपरिषद् गठन गरेका हुन् ।
सुशीला कार्कीले मागिन् तीन मन्त्रीको राजीनामा
सुशीला कार्कीले मागिन् तीन मन्त्रीको राजीनामा उर्जा, जलस्रोत एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको अगुवाइमा रहेको दल उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकतामा गएपछि मन्त्री घिसिङ सो दलको उपसभापति भएका छन् । 
कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने
कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु— फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका थिए । कार्यसम्पादन समितिको बैठक बुधबार ९ बजे बस्ने प्रवक्ता महतले जानकारी दिए । 
रास्वपा सचिवालय बैठक : महत्वपूर्ण विषयमा निर्णय हुने
रास्वपा सचिवालय बैठक : महत्वपूर्ण विषयमा निर्णय हुने मंगलबार आगामी निर्वाचन केन्द्रित महत्वपूर्ण विषयमा छलफल गर्न बसेको बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी नै रहेको छ ।
विशेष महाधिवेशन पक्षधरले गरे १८ समिति गठन
विशेष महाधिवेशन पक्षधरले गरे १८ समिति गठन उनले बुधबारदेखि भृकुटिमण्डपमा डेस्क नै स्थापना गरेर काम सुरु गर्ने उल्लेख गरे । शिवाकोटीले पार्टी कार्यालयमा विशेष महाधिवेशनको माग गर्दै भएका प्रदर्शन स्वभाविक भएको तर्क गरे । 
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित मंगलबार केन्द्रीय कार्यालय सानेपामा राष्ट्रियसभाको उम्मेदवारबारे छलफल गर्न बसेर बैठक स्थगित भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
Weather Update