Harsamaya
बालेन्द्र सरकारमा को को बन्दैछन् मन्त्री ? 
बालेन्द्र शाह नेपालका नयाँ प्रधानमन्त्री ।

काठमाडौं - बालेन्द्र शाह नेपालका नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । उनले आजनै शपथ लिने कार्यक्रम तय भएको छ । मन्त्री को को बन्दैछन् भन्नेबारे रास्वपा नेता आसिफ शाहले सामाजिक सञ्जालमा लेखेका छन् । 

उनका अनुसार अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, कानुनमन्त्री सोविता गौतम , ऊर्जा तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठ,  गृहमन्त्रीमा सुदन गुरुङ , उद्योगमन्त्री अमरेश सिंह,  सामान्य प्रशासनमन्त्री प्रमिला रावल, कृषिमन्त्री गीता चौधरी, सञ्चारमन्त्री विक्रम तिमिल्सिना, श्रममन्त्री दिपक साह, शिक्षामन्त्री सस्मित पोखरेल, पर्यटनमन्त्री  खड्क (गणेश) पौडेल, महिला, बालबालिकामन्त्री सिता वादी र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहता बन्ने छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update