रास्वपा संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ ।
बिहीबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्ने निर्णय गरेको हो ।
पार्टी सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको हो ।
बिहीबार नै संसदीय दलको बैठक बस्ने र उक्त बैठकले बालेनलाई दलको नेता बनाउने औपचारिक निर्णय गर्नेछ ।
प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२ १७:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

