बालेन्द्र सरकार पाँच जना महिला मन्त्री
काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री भएका छन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, महिला, बालबालिका मन्त्रीमा सीता वादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र कृषि मन्त्रीमा गीता चौधरी नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२ १२:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

