Harsamaya
नयाँ जोशका साथ महाधिवेशनमा होमिएका छौं, सबैको सहयोग चाहिएको छ : डा.शशां कोइराला
इतर समूहका संयोजक डा.शशांक कोइराला ।

काठमाडौं - नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले १५ औं महाधिवेशनको तयारी तीव्र पारिएको जानकारी दिंदै क्रियाशील सदस्यताको जानकारी दिनेगरी शनिबारबाट अनलाइन पोर्टल सार्वजनिक गरेको छ । 

शनिबार सम्पर्क कार्यालय महाराजगन्ज चुनदेवीमा विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै क्रियाशील सदस्यताका लागि अनलाइन पोर्टलको शुभारम्भ गरिएको हो । इतर समूहका संयोजक डा.शशांक कोइरालाले अनलाइन पोर्टलको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा बोल्दै डा.कोइरालाले अहिलेको समय आफूहरूको परीक्षाको घडी भएको बताउँदै जोशका साथ १५ औं महाधिवेशनमा होमिएको जानकारी दिए ।

‘नेपाली कांग्रेस भनेको बलियो विचार भएको पुरानो पार्टी हो तर पुरानो भनेको फाटेको होइन, पुरानो तर त्यसमा नयाँ जोश भरिएको छ । हामी जोशका महाधिवेशनमा जाँदैछौं,’ उनले प्रष्ट पारे ।

महाधिवेशनलाई सफल बनाउन उनले सबैको साथको अपेक्षा पनि गरे । अर्का नेता डा.प्रकाश शरण महतले यही असोज १५ गतेबाट वडा अधिवेशन सुरु गरेर मंसिर २१, २२, २३ गते केन्द्रीय महाधिवेशन गर्न लागिएको जानकारी दिए । 

महाधिवेशन छोटो समयमा सम्पन्न गर्नुपर्ने भएकाले आपतकालिन मोडमा तयारी तिब्र पारिएको जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update