राष्ट्रियसभा निर्वाचनका लागि यी हुन् एमालेका ८ उम्मेदवार
बुधबार, पुस २३, २०८२
यसैगरी एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवारहरुले आजै उम्मेदवारी दर्ता गराउँदैछन् ।
नेपाली कम्युनिस्ट पार्टीले लगायो राष्ट्रिय सभामा उम्मेदवारको टुंगो
बुधबार, पुस २३, २०८२
नेपाली कांग्रेस र नेकपा एमालेसँग सिट संख्यामा कुरा नमिलेपछि नेकपा एक्लै चुनावमा जाने भएको हो । नेकपाले अधिकांश उम्मेदवारको टुंगो लगाएको छ ।
कांग्रेसले टुंगो लगायो राष्ट्रियसभा निर्वाचनका लागि नौ उम्मेदवार , को को परे ?
बुधबार, पुस २३, २०८२
काँग्रेसले राष्ट्रिय सभामा एमाले र जसपा नेपालसँग तालमेल गरेको हो । सोहीअनुसार कांग्रेसका नौ उम्मेदवारले आजै उम्मेदवारी दर्ता गराउँदैछन् ।
सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
बुधबार, पुस २३, २०८२
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्वाचनको वातावरणका लागि यसअघि प्रमुख राजनीतिक दलका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गरेका थिए ।
सामाजिक सद्भाव कायम राख्न गृहद्वारा १० बुँदे सर्कुलर जारी
बुधबार, पुस २३, २०८२
यस्तै विगतका वर्षहरूमा घटनाहरूको अभिलेखको आधारमा विवाद हुन सक्ने सम्भावित कार्यक्रम वा पर्वहरूको सूची तयार गरी वार्षिक क्यालेन्डर तयार गर्ने गरीसमेत काम गर्न निर्देशन गरिएको छ।
राष्ट्रियसभा निर्वाचनः एमालेले ६ उम्मेदवार टुंग्यायो, मधेशमा बाँकी
बुधबार, पुस २३, २०८२
एमालेले अन्य राजनीतिक दलसँगको गठबन्धनमार्फत सात सिट पाएको भए पनि मधेश प्रदेशबाट एक जना उम्मेदवारको नाम भने अझै तय हुन बाँकी रहेको जनाएको छ।
पुस २९ मा नेकपाले केन्द्रीय कमिटी घोषणा गर्ने
बुधबार, पुस २३, २०८२
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार साँझ अबेर सकिएको नेताहरूबीचको बैठकले पुस २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने निर्णय गरेको हो। बैठकपछि पत्रकारहरूसँग कुराकानीमा नेता झलनाथ खनालले पुस २९ गते केन्द्रीय सदस्यहरूको घोषणा र शपथ हुने बताएका हुन्।
यस्तो छ राष्ट्रिय सभा निर्वाचन कार्यतालिका
बुधबार, पुस २३, २०८२
आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ ।
कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
बुधबार, पुस २३, २०८२
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ९ बजेका लागि बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त बैठक बस्ने छ।
राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता आज
बुधबार, पुस २३, २०८२
राष्ट्रियसभामा रिक्त हुन लागेको १९ मध्ये १८ सदस्यका लागि निर्वाचन गरिन लागेको हो। निर्वाचन आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ। मंगलबार मतदाता नामावलीमा कुनै दाबीविरोध भए/नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक भइसकेको छ।
विमलेन्द्र निधिमाथि दुर्व्यवहारको विरोधमा महामन्त्री थापाविरुद्ध कोटेश्वरमा प्रदर्शन
मंगलबार, पुस २२, २०८२
पार्टी उपसभापति एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधिलाई दुर्व्यवहार गरेको आरोपमा उनीहरूले थापाविरुद्ध राँको बालेर नाराबाजी गरेका हुन् । यसअघि काँग्रेसमा विशेष महाधिवेशन गर्ने वा नगर्ने भन्नेबारे देखिएको दुई धारको विवादबिच मंगलबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपास्थित पार्टी कार्यालय पुगेका नेता निधि र कार्यालयमा प्रदर्शनरत समूहबिच चर्काचर्की भएको थियो...
काँग्रेसका उपसभापति निधिमाथि दुर्व्यवहार भएको भन्दै रास्वपा प्रवक्ता झाले गरे निन्दा
मंगलबार, पुस २२, २०८२
झाले लेखेका छन्, ‘नेतृत्व प्रतिको नयाँ पुस्ताको दाबी स्वाभाविक हो तर पुरानो पुस्ता प्रति सम्मान यथावत् रहनुपर्छ । तसर्थ आज ललितपुर सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा काँग्रेस नेता विमलेन्द्र निधी माथि भएको दुर्व्यवहार निन्दनीय छ । म खेद व्यक्त गर्दछु ।’
पार्टी समायोजनको कार्य तुरुन्त टुङ्गाउने रास्वपाको तयारी
मंगलबार, पुस २२, २०८२
उनले भने, ‘विशेष गरी निर्वाचनसँग केन्द्रित गतिविधिलाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा धेरै आन्तरिक छलफलहरू भएर बैठक टुगिंएको छ । समायोजन समितिले समायोजनको कार्य तुरुन्त टुङ्गाउने गरी कामहरू अगाडि बढाई रहेको छ । यसको पहिलो बैठक भोली हुन्छ होला ।’
साताको लोकप्रिय

