Harsamaya
दान बहादुर कार्कीलाई अदालतले न्याय दिने प्रचण्डको विश्वास
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ।

काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दान बहादुर कार्कीलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । 

शनिबार काठमाडौंमा पत्रकारसंग कुरा गर्दै प्रचण्डले दान बहादुर कार्कीलाई पदबाट हटाएर सरकारले अन्याय गरेको भन्दै सर्वोच्चले न्याय दिने बताएका हुन् । 

आन्दोलनको तयारीका बिषयमा पत्रकारको प्रश्नमा प्रचण्डले अहिले राष्ट्रिय जागरण अभियान चलिरहेको र त्यो अभियान सकिएपछि त्यसको समीक्षा गरेर मात्रै अगाडिको योजना बनाइने उल्लेख गरे । उनले एमालेसँग मात्रै नभई कांग्रेस र संविधान शान्तिप्रतिको निम्ति सहभागी सबैलाई एक ठाउँमा जोडेर अघि बढ्ने बताए । 

वर्तमान सरकारको कामकारबाहीका प्रश्नमा उनले सरकार झिलिमिलीमा रमाएको टिप्पणी गरे । 

सरकारले ल्याएको प्रेस काउन्सिलसम्बन्धी अध्यादेशबारेमा उहाले यसलाई सुधार गरेर मात्रै अघि बढाउनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update