महानगरको निर्णय नै मान्दैनन् वडाध्यक्ष
आइतबार, पुस २८, २०८१
काठमाडौं नगरपालिका अन्तर्गत पर्ने मैतीदेवी मन्दिरको शौचालयमा पिसाब वा दिशा गरेबापत ५ देखि १० रुपैयाँ शुल्क तिर्नु पर्छ। यो शुल्क प्रवेश गेटमा ठूलो अक्षरमा स्पष्ट रूपमा उल्लेख गरिएको छ।
‘अफ्रिकन स्वाइन फिभर’का कारण कैलालीमा ३८ बङ्गुर मरे
शनिबार, पुस २७, २०८१
‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८ बङ्गुर मरेका छन् । घोडाघोडी– ९ का कृषक प्रदेशु चौधरीले पालेका बङ्गुर मरेका हुन् ।
‘तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्यो’
शनिबार, पुस २७, २०८१
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
उक्त पार्टीको जिल्ला समन्वय समिति ललितपुरद्वारा आज आयोजित प्रथम महालक्ष्मी नगरभेलामा उनले गरिब र अभावबाट उकास्नु नै अबको आवश्यकता भएकाले त्यसका लागि आर्थिक विकासलाई प्राथमितामा राख्नुपर्ने...
वडाको सिफारिसमा अनुदानको नुन वितरण
शनिबार, पुस २७, २०८१
साल्ट ट्रेडिङ कर्पोरेसनले जिल्लाका दक्षिण भेगका चारवटा गाउँपालिकालाई सम्बन्धित वडाको सिफारिसका आधारमा शुक्रबारदेखि अनुदानको नुन वितरण सुरु गरेको छ ।
सरकार सर्वसत्तावादतर्फ उन्मुख - अध्यक्ष लिङ्देन
शनिबार, पुस २७, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् ।
पृथ्वीनारायण शाहको ३०३ औं जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौंको भृकुटिमण्डपमा जलपान कार्यक्रमको आयोजना गर्दै लिङ्देनले नियमित रुपमा बोलाउनुपर्ने संसद नबोलाएर अध्यादेश ल्याउने कामले सरकार सर्वसत्तावादतर्फउन्मुख देखिएको टिप्पणी गरेका हुन् ।
कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते
शनिबार, पुस २७, २०८१
मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो स्कार्पियो र कार एकापसमा ठोक्किँदा कार चालक हेटौँडा–४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
एमालेले पार्टीबाट निकाल्दैमा भ्रष्टाचार,अन्याय र अत्याचारविरुद्धको लडाई कमजोर हुँदैन - भीम रावल
शनिबार, पुस २७, २०८१
नेकपा एमालेका पूर्व नेता भीम रावलले एमालेले पार्टीबाट निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय र अत्याचार विरुद्धको लडाई कमजोर नहुने बताएका छन् ।
‘गुणस्तरीय उपचारमा सबैको पहुँच पुर्याउन लागेका छौँ’
शनिबार, पुस २७, २०८१
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गुणस्तरीय उपचारमा सबैको पहुँच पुर्याउन सरकार लागेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज बिपी स्मृति भवन दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पैसा अभावले उपचार नपाउने अवस्थाको अन्त्य गर्दै सबैमा उपचारको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध भएको बताए ।
समान विचारधारा भाकाहरूसँग एकता र सहकार्यको प्रयास गर्ने - अध्यक्ष थापा
शनिबार, पुस २७, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले समान विचारधारा भाकाहरूसँग एकता र सहकार्यको प्रयास गर्ने बताएका छन् ।
श्रीमतीको हत्या अभियोगमा रुपन्देहीबाट एक जना पक्राउ
शनिबार, पुस २७, २०८१
श्रीमतीको हत्या आरोपमा रूपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ४० वर्षीया कमला सेन खड्काको हत्या अभियोगमा देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रूद्र बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौं : गृहमन्त्री लेखक
शनिबार, पुस २७, २०८१
गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन्।
शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लेखकले सरकारले बढी मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको...
वामपन्थी, कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको छ- अध्यक्ष नेपाल
शनिबार, पुस २७, २०८१
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय तथा जनजिविकाका विषयलाई उचित ढंगले अघि बढाउन आन्दोलनमार्फत राज्यलाई दबाब दिने बताएका छन् ।
पृथ्वीजयन्तीका अवसरमा जंगी अड्डाले गर्यो भव्य कार्यक्रम (तस्वीरसहित)
शनिबार, पुस २७, २०८१
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा विविध कार्यक्रम आयोजना गरिएको छ । प्रधान सेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा ‘नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको देन, नेपाली सेना र राष्ट्रियता’ तथा ‘पृथ्वी नारायण शाहको दिव्योपदेश’सम्बन्धी प्रवचन, ‘एकताको बीज’ नामक...
साताको लोकप्रिय

