माघ दोस्रो साता दौड प्रतियोगिता
सोमबार, पुस २२, २०८१
नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
आगामी माघ १२ गतेदेखि हुने उक्त दौड प्रतियोगितामा खुला महिला तथा पुरुष हाफ म्याराथन, पुरुषतर्फ १० किमि दौड, महिलातर्फ पाँच किमि दौड तथा कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किमि र तीन किमि दौड तथा फरक क्षमता भएका व्यक्तिहरुका लागि ह्विलचियर दौड (महिला तथा पुरुष) र बालबालिकाका लागि ‘रन फर फन’ विधा समावेश गरिएको आयोजक संस्थाका संयोजक डा सितलकाजी श्रेष्ठले आज यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सुन गोहोरोसहित दुई जना पक्राउ
सोमबार, पुस २२, २०८१
विराटनगर महानगरपालिका–१३ कोशी राजमार्गबाट छ वटा दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ परेका छन् । भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो ।
निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ होः राष्ट्रपति पौडेल
सोमबार, पुस २२, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले देशको लोकतान्त्रिक आन्दोलन मात्र नभएर सामाजिक र आर्थिक रुपान्तरणमा नेपाली पत्रकारिता क्षेत्र र नागरिक संस्थाका हैसियतले नेपाल पत्रकार महासङ्घले पुर्याएको योगदान सराहनीय रहेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रको सृदृढीकरण र स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्ने बताए । उनले भने,...
मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा सरकार
सोमबार, पुस २२, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको निःशुल्क उपचारको तयारी गरिरहेको बताएका छन् ।
कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताए । उनले कान्ति बाल अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचारको व्यवस्था बनाइसकेको समेत उल्लेख गरे ।
इन्द्रसरोवरमा पाँच महिनामा मात्र तीन उजुरी टुङ्गिए
सोमबार, पुस २२, २०८१
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा तीनवटा उजुरीको मात्र किनारा लगाएको छ ।
गाउँपालिकाका उपाध्यक्ष उमाकुमारी लामाको संयोजकत्वमा गठित न्यायिक समितिमा चालु आव २०८१/८२ को साउनदेखि मङ्सिरसम्ममा दर्ता भएको आठवटा उजुरीमध्ये तीनवटा किनारा लगाएको हो ।
लेखा समितिका सभापति पोखरेलका ‘स्वकीय सचिव’ विरुद्ध पक्राउ पुर्जी
सोमबार, पुस २२, २०८१
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको हो ।
सुशासन समितिमा सभापतिले बोल्न नदिएको भन्दै सांसद थानी आक्रोशित
सोमबार, पुस २२, २०८१
संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिले बोल्न नदिएको भन्दै सांसद हृदयराम थानी आक्रोशित भएका छन् । सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसद थानी बोल्दै गर्दा समिति सभापति रामहरि खतिवडाले रोकेपछि विवाद भएको हो । बैठकमा सांसद थानीले समितिमा धेरै विधेयकमाथि छलफल गर्न बाँकी रहँदा धेरै उजुरीहरू छलफलका लागि...
कञ्चनपुरमा नेपाली भूमि भारतीयले भोगचलन गरेको विषयमा सरकारको ध्यानाकर्षण भएको छ - गृहमन्त्री लेखक
सोमबार, पुस २२, २०८१
गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा नेपाली भूमि भारतीय नागरिकले भोगचलन गरेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका छन् ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मन्त्री लेखकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन भारतीय नागरिकले भोगचलन गरिरहेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका हुन् ।
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
सोमबार, पुस २२, २०८१
पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले एक सय ९२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै गत असोज १७ देखि यही पुस २२ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।
फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएका उनीहरूबाट ३३ वर्ष ११ महिना सात दिन कैद तथा रु...
चन्द्रनिगाहपुरबाट दुईजना चोरी गरेको आरोपमा पक्राउ
सोमबार, पुस २२, २०८१
रौतहटको उत्तरी भेग चन्द्रनिगापुरस्थित दुई जनालाई चोरी आरोपमा प्रहरीले पक्राउ गरेको छ।
चन्द्रपुर नगर क्षेत्रभित्रको विभिन्न स्थानहरूमा चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपकम दुवैजनालाई पक्राउ गरी कानुन बमोजिम म्याद गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको डिएसपी राजकुमार राईले बताएका छन्।
वैकल्पिक वित्तसम्बन्धी कानुन बन्दै, ५० अर्ब पुँजीको कोष बनाउने प्रस्ताव
सोमबार, पुस २२, २०८१
सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन निर्माण प्रक्रिया थालेको छ । परम्परागत लगानीका स्रोतका अतिरिक्त वैकल्पिक स्रोतहरुको पहिचान र उपयोग गर्ने उद्देश्यका साथ ‘वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ को मस्यौदा बनिरहेको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले अहिले विधेयक मन्त्रालयमा छलफलका क्रममा रहेको...
लन्डनमा गुन्जियो कन्दरा
सोमबार, पुस २२, २०८१
‘पहिला घरदेश अनि परदेश’अन्तर्गत पोखरेली ब्यान्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट गरेको छ । शनिबार विश्वप्रतिष्ठित इन्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो ।
कन्दरा ब्यान्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो । कन्दराले ओटु साँझलाई ऐतिहासिक र...
रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी
सोमबार, पुस २२, २०८१
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा गत मङ्गलबारदेखि जारी छ ।
शुक्रबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू भएकामा सोमबार सभापति लामिछाने पक्षका कानुन व्यवसायीहरूको बहस सुरू भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी...
साताको लोकप्रिय

