नेविसंघले टी २० जय नेपाल कप क्रिकेट प्रतियोगिता गर्ने (परिपत्रसहित)
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - नेपाल विद्यार्थी संघ (नेविसंघ) ले क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेविसंघका मुख्य सचिव विजय खड्काले माघ ७ गते (भोलि) अन्तराष्ट्रिय अन्तर विश्विद्यालय टी २० जय नेपाल कप क्रिकेट प्रतियोगिता गर्न लागेको जानकारी दिए ।
क्रिकेट प्रवर्द्धन गर्ने, अन्तरराष्ट्रिय समुदायमा जलवायु परिवर्तनको प्रभाव सम्बन्धी सचेतना अभिवृद्धि गर्ने र युवा विद्यार्थीहरूमा लागूऔषध दुर्व्यसनीविरुद्ध सचेतना फैलाउने उद्देश्यले ‘वान अर्थ वान भ्वाइस याक्ट अन क्लाइमेट एक्सन’ भन्ने नारासहित प्रतियोगिता गर्न लागेको उनले बताए ।
नेविसंघले मातहतका जिल्ला समिति, विश्वविद्यालय समिति र क्याम्पस इकाईलाई प्रचारप्रसार गर्न निर्देशन दिएको छ ।
परिपत्र :-

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ०८:२२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
