सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
शुक्रबार, माघ ११, २०८१
सूर्यविनायक नगरपालिकाले कार्यालय सञ्चालन गर्न सुविधा सम्पन्न भवन निर्माण गरेको छ। टङ्कप्रसाद आचार्य प्रतिष्ठानको घरमा भाडामा प्रशासनिक कार्यालय सञ्चालन गर्दै आएको नगरपालिकाले आगामी सोमबारदेखि आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प
शुक्रबार, माघ ११, २०८१
पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार साँझ ७:०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो।
भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह
शुक्रबार, माघ ११, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुक भारतको महाराष्ट्र जलगाउँस्थित रेल्वेस्थान नजिक भएको रेल दुर्घटनामा परेका नेपालीहरूप्रति अभिभावकीय भूमिका निर्वाह गर्न सरकारसँग अनुरोध गरेका छन् ।
चार वर्षमा पनि बनेन सेती नदीमा पुल
शुक्रबार, माघ ११, २०८१
पुल निर्माणका लागि १५ करोड ५९ लाख १७ हजार ६ सय ९९ मा एमएस महादेव खिम्ती अन्जनय पराजुली जेभीले ठेक्का लिएको थियो । उक्त पुल निर्माणमा हालसम्म रु आठ करोड १३ लाख ६२ हजार पाँच सय ३३ खर्च भएको तिवारीले जानकारी दिए ।
मोटरसाइकल दुर्घटनामा भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु
शुक्रबार, माघ ११, २०८१
उनका अनुसार कार्यालय जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा यादवको टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
अख्तियारलाई राय जवाफ दिँदै हर्कको आग्रह - उजुरी गर्ने को हो लेखी पठाउनू (जवाफसहित)
शुक्रबार, माघ ११, २०८१
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीविरुद्ध खानेपानीको विषयमा उजुरी परेपछि अख्तियारले उनीलाई राय मागेको थियो ।
बर्दिबासमा रेलमार्ग निर्माण ठप्प, मुआब्जा विवाद समाधानको पर्खाइ
शुक्रबार, माघ ११, २०८१
स्थानीयवासीको विरोधका कारण महोत्तरीको बर्दिबासमा रेलमार्ग निर्माणको काम रोकिएको छ । अधिग्रहण गरी लिनुपर्ने जग्गाको मुआब्जा समस्या समाधान नै नगरी रेल विभागले बोलपत्र प्रक्रिया थालेको आरोप लगाउँदै बर्दिबास नगरपालिका–१४ का जग्गाधनीले रेलमार्ग निर्माणको काम रोकेका छन् ।
बेष्ट फाइनान्सको शेयर बिक्रीमा
शुक्रबार, माघ ११, २०८१
बेष्ट फाइनान्सको शेयर बिक्रीमा खुला गरेको छ । फाइनान्सले ५ लाख ३५ हजार बढी कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा दिन सकिनेछ।
कटहरिया नगरपालिकाको तालाबन्दी खुल्यो, सहमति कार्यान्वयन नभए पुनः आन्दोलनको चेतावनी
शुक्रबार, माघ ११, २०८१
सहमति कार्वान्यवन नभए पुनः तालाबन्दी गर्ने सर्तमा रौतहटको कटहरिया नगरपालिकाको तालाबन्दी खुलेको छ ।
मेयर र प्रमुख प्रशासकीय अधिकृतले करोडौँ भ्रष्टाचार गर्ने षड्यन्त्र गरिरहेको भन्दै जनप्रतिनिधिहरुले गरेको कटहरिया नगरपालिकाको तालाबन्दी १ महिना पछि खुलेको हो।
कुवामा डुबेर वृद्धाको मृत्यु
शुक्रबार, माघ ११, २०८१
कुवामा डुबेर एक जनाको मृत्यु भएको छ ।
पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए ।
तमोर करिडोरमार्फत गाडी टिप्ताला पुग्यो
शुक्रबार, माघ ११, २०८१
चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलिदिएको छ । तमोर करिडोरको मर्मतपश्चात कच्ची सडकमार्ग हुँदै टिपतालासम्म जीप, ट्रयाक्टरलगायत सवारीसाधन नियमित रूपमा पुग्न थालेका छन् ।
देशभक्त छोरो मर्दा देशै रूँदो रैछ...
शुक्रबार, माघ ११, २०८१
६८ वर्षको उमेरमा भएको शर्माको अप्रत्यासित निधनको खबरले आफू स्तब्ध बनेको उनको भनाइ थियो । मानिसको जीवन नश्वर रहेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले व्यक्ति दिवङ्गत भएर गए पनि उसका सही कर्म र योगदानको सदा स्मरण भइरहने बताए ।
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती
शुक्रबार, माघ ११, २०८१
यहाँका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् ।
यस वर्ष स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताए । गत वर्ष एक हजार आठ सय ५० रोपनीमा आलुखेती गरिएको थियो ।
साताको लोकप्रिय

