Harsamaya
फर्निचरसहित दुई घरमा आगलागी, जलेर वृद्धाको मृत्यु
फर्निचरसहित दुई घरमा आगलागी, जलेर वृद्धाको मृत्यु गएराति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङमा रहेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा अन्य दुई घरसमेत जल्नुका साथै एक वृद्धाको मृत्यु भएको छ । 
देश विदेशमा प्रवर्द्धन गरिँदै स्थानीय कफी
देश विदेशमा प्रवर्द्धन गरिँदै स्थानीय कफी झोलामा कफी बोकेर गाउँ–गाउँमा बिक्रीका लागि पुग्दा धेरैको हाँसो मजाकको पात्र बने, काम नपाएर कफी बेच्न गाउँ डुले जस्तो व्यवहार मैले भोग्नुपर्यो, तैपनि हिम्मत भने आफूमा राखिरहे, कफीको प्रवर्द्धनका लागि गाउँ धाइरहन्थे । अहिले भने परिस्थिति बदलिएको छ, कफी खरिद गर्न घरमै ग्राहक आउछन् ।
नवलपुरमा किसानको तोरी खेतीप्रति आकर्षित बढ्दो
नवलपुरमा किसानको तोरी खेतीप्रति आकर्षित बढ्दो नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्यामा वृद्धि भएको छ । अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसान तोरी खेतीमा आकर्षित भएको कृषि...
खानेपानी, सिँचाइ सुविधा विस्तार र नदी नियन्त्रण गर्न ६५ योजना
खानेपानी, सिँचाइ सुविधा विस्तार र नदी नियन्त्रण गर्न ६५ योजना म्याग्दीमा यस वर्ष गण्डकी प्रदेश सरकारमार्फत खानेपानी र सिँचाइ सुविधा विस्तार तथा नदी नियन्त्रणसम्बन्धी ६५ वटा योजना सञ्चालन भएका छन् ।
३७ डिएसपीको एसपीमा बढुवा (सूचीसहित)
३७ डिएसपीको एसपीमा बढुवा (सूचीसहित) नेपाल प्रहरीले प्रहरी उपरीक्षक (एसपी) मा ३७ जनाको बढुवा गरेको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकबाट ३७ जनालाई प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नगरकोट: हिमाल, हरियाली र सूर्योदयको अनुपम संसार (फाेटाे फिचर)
नगरकोट: हिमाल, हरियाली र सूर्योदयको अनुपम संसार (फाेटाे फिचर) भक्तपुर र काभ्रपलाञ्चोकको संगमस्थल नगरकोट केवल एक पर्यटकीय गन्तव्य मात्रै होइन, प्रकृति र शान्तिको खोजी गर्नेहरूको स्वर्ग हो। राजधानी काठमाडौंबाट ३२ किलोमिटर दूरीमा रहेको नगरकोटबाट देखिने हिमालका सुन्दर दृश्यले प्रत्येक आगन्तुकलाई मन्त्रमुग्ध बनाउँछ।
चिसोले कठ्याङ्ग्रिएका सर्लाहीका मुसहर बस्ती, सुत्केरी र शिशुहरूको अवस्था दयनीय
चिसोले कठ्याङ्ग्रिएका सर्लाहीका मुसहर बस्ती, सुत्केरी र शिशुहरूको अवस्था दयनीय चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन्। अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन। बसवरिया गाउँपालिका–३ नाकैमा अन्तरगतको मुसहर माझी बस्ती छ। उक्त वस्तीमा झण्डै ४५ परिवार मुसहर जसोतसो खरको झुपडीमा जीवन धानिरहेका छन्।
महाभारत जंगल आगलागीः बस्ती छेउको आगो हेलिकप्टरबाट निभाइयो
महाभारत जंगल आगलागीः बस्ती छेउको आगो हेलिकप्टरबाट निभाइयो खानीखोला गाउँपालिका–१ स्थित थामलेकडाँडास्थित महाभारत जङ्गलमा चार दिनअघि आगलागी सुरु भएको थियो । जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकार भएका निकायले जनशक्ति परिचालन गर्दा पनि आगो नियन्त्रणमा ल्याउन नसकेपछि बेथानचोक गाउँपालिकाले मन्त्रालयमार्फत हेलिकप्टर मगाई निभाउने प्रयास गरेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । 
 पाँच लाख ८५ हजार राशिको ‘टाइगर कप’ आजदेखि 
 पाँच लाख ८५ हजार राशिको ‘टाइगर कप’ आजदेखि  प्रतियोगितामा विदेशी टोलीका रूपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्ड र पुरूषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरूक्षेत्रको टिम सहभागी हुनेछन् । पुरूषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता जनाउने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । 
एमएड र एमएसएसइडि प्रथम सेमेस्टरको प्रवेश परीक्षााको नतिजा सार्वजनिक (सूचनासहित)
एमएड र एमएसएसइडि प्रथम सेमेस्टरको प्रवेश परीक्षााको नतिजा सार्वजनिक (सूचनासहित) त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखा, बल्खुले शिक्षाशास्त्र संकायको स्नातकोतरको एमएड र एमएसएसइडि प्रथम सेमेस्टरको प्रवेश परीक्षााको नतिजा सार्वजनिक गरेको छ । 
हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने
हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन् । निकै महँगो औषधी आवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैँ व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए ।
कृष्ण ध्वज स्मृति टेबुल टेनिस १५ माघदेखि (खेल तालिकासहित)
कृष्ण ध्वज स्मृति टेबुल टेनिस १५ माघदेखि (खेल तालिकासहित) नवौं कृष्ण ध्वज स्मृति टेबुल टेनिस प्रतियोगिता माघ १५ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ। आयोजक रेड टायल्सले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत हुने प्रतियोगिता लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा माघ १५ गतेदेखि १८ सम्म सन्चालन हुने जानकारी दिइएको...
Weather Update