Harsamaya
चिया बेचेरै मासिक ५० हजार आम्दानी
चिया बेचेरै मासिक ५० हजार आम्दानी मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडेका छन् । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहेका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत हासिल गराएका छन्।
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट त्यस्तै एउटा घरको भुई तल्लामा रहेको आठ वटा गाई र तीन वटा गोरु आगलागीमा परेर मरेको उनको भनाइ छ । सोही ठाउँमा रहेका पाँच वटा गाईको भने उद्धार गरिएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
सानोथिमिमा दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
सानोथिमिमा दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते उनको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको हो । सो दुर्घटनामा  मोटरसाइकलमै सवार तीन वर्षीया ईश्वरी राई घाइते भएकी छिन् । दुवैजना आमा छोरी हुन् ।
असनमा आगलागीबाट ३५ लाखको क्षति
असनमा आगलागीबाट ३५ लाखको क्षति बिहीबार दिउँसो असनस्थित सुनील तुलाधरको पाँचतले पक्की घरको भुइँ तलामा रहेको विद्युतीय सामान तथा भाँडाको गोदाममा सटर वेल्डिङका क्रममा विद्युत्को तार सर्ट भई आगलागी भएको परिसरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पूर्णिमाकुमारी चन्दले जानकारी दिए । 
पीएम कपः आर्मीले सुदूरपश्चिमलाई हरायो
पीएम कपः आर्मीले सुदूरपश्चिमलाई हरायो यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको आर्मीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय १० रन बनायो । जसमा सम्झना खड्काले अर्धशतकीय पारी खेल्दै ७४ रनमा नटआउट रहिन् । सम्झना प्लेयर अफ द म्याच समेत चुनिइन् । 
‘शुक्रराज शास्त्री जसको शव दुई दिनसम्म रुखमा झुण्ड्याइएको थियो’ 
‘शुक्रराज शास्त्री जसको शव दुई दिनसम्म रुखमा झुण्ड्याइएको थियो’  वि. सं. १९५० सालमा बनारसमा शुक्रराज शास्त्रीको जन्म भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरू गरेका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रूपमा काम गरेका थिए  । त्यस क्रममा उनले पटना, दार्जिलिङ, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषी बीच नागरिक अधिकारका विषयमा संगठन गर्न थालिसकेका थिए...
८० लाख खर्चेपछि आयोजना अलपत्र, खानेपानीको समस्या ज्यूँकात्युँ
८० लाख खर्चेपछि आयोजना अलपत्र, खानेपानीको समस्या ज्यूँकात्युँ छ वर्षदेखि खानेपानी आयोजना निर्माण अलपत्र पर्दा सर्लाहीको हरिवन नगरपालिका–५, का स्थानीय खानेपानीको चरम मारमा परेका छन् ।
हिमाल जोगाउने अभियानमा सिरिजङ्घा गाउँपालिका
हिमाल जोगाउने अभियानमा सिरिजङ्घा गाउँपालिका दिन प्रतिदिन जलवायु परिर्वतनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व संकटमा पर्दै जान थालेपछि सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ।
दैजी–लिप्ना सडक : सात वर्षमा पाँच किमी सडक कालोपत्र
दैजी–लिप्ना सडक : सात वर्षमा पाँच किमी सडक कालोपत्र कञ्चनपुरको वेदकोट नगरपालिका–३स्थित दैजी–लिप्ना सडकखण्डको पाँच किलोमिटरमा कालोपत्र गर्ने काम सकिएको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका अनुसार १२ किलोमिटर दैजी–लिप्ना सडकखण्डअन्तर्गत पाँच किलोमिटर कालोपत्र निर्माण गर्ने काम पूरा भएको हो ।
स्याङ्जामा १४ वटा शीतभण्डार निर्माण
स्याङ्जामा १४ वटा शीतभण्डार निर्माण स्याङ्जामा शीतभण्डार स्थापनासँगै यहाँ उत्पादित कृषिजन्य वस्तुको भण्डारणमा सहज भएको छ । कृषिजन्य वस्तु उत्पादन भएकै समयमा भन्दा केही समय भण्डारण गरेर बिक्री गर्दा राम्रो बजार मूल्य पाउने भएकाले जिल्लाका विभिन्न पालिकामा शीतभण्डार स्थापना गरिएको हो ।
प्रविधिले जोगाएको नेपाली अण्डाको बजार
प्रविधिले जोगाएको नेपाली अण्डाको बजार कुखुरा पालन व्यवसायमा लगानी बढेसँगै मासु तथा अण्डातर्फ नेपाल आत्मनिर्भर बन्दै गएको छ । कोभिड सङ्क्रमणका कारण समग्र विश्वबजार शिथिल भई अर्थतन्त्रमा परेको नकारात्मक असरको प्रभाव नेपालको ‘पोल्ट्रिी’ व्यवसायमा पनि परेको सम्बद्ध क्षेत्रका व्यवसायी बताउँछन् ।
भरुवा बन्दुकसहित पक्राउ
भरुवा बन्दुकसहित पक्राउ भरुवा बन्दुकसहित मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी गाउँपालिका–९ स्थित हरियाली सामुदायिक वनबाट भरुवा बन्दुकसहित मकवानपुरको राक्सिराङ गाउँपालिका १ गडुवान निवासी ५२ वर्षीय जीतबहादुर थिङलाई पक्राउ गरेको हो।
Weather Update