Harsamaya
अलपत्र खानेपानी आयोजनाको काम पुनःसञ्चालन
अलपत्र खानेपानी आयोजनाको काम पुनःसञ्चालन सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगणा गोविन्दपुरमा वर्षौंदेखि अलपत्र रहेको खानेपानी आयोजनाको काम पुनःसञ्चालन भएको छ । आइतबारदेखि नगरप्रमुख महेश चौधरीको पहलकदमीमा खानेपानीको डिप बोरिङ जडानको सुरुआत भएको हो ।
देवघाट जाने झोलुङे पुल मर्मत सुरु
देवघाट जाने झोलुङे पुल मर्मत सुरु जिल्लाको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङे पुल मर्मत सुरु गरिएको छ । चितवनको भरतपुरबाट देवघाट जाने त्रिशूली नदीमाथिको झोलुङे पुल मर्मत थालिएको हो ।
देवदहबाट लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन हुने
देवदहबाट लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन हुने लुम्बिनी विकास कोषले देवदहदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ। गत ४ पुसदेखि सञ्चालन गरिएको बिजुली बसलाई बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रीको सेवालाई मध्यनजर गरी सोमबारदेखि देवदहबाट समेत सञ्चालन गरिने भएको हो ।
पालुङटारमा स्कुटर दुर्घटना हुँदा सुरेशको मृत्यु
पालुङटारमा स्कुटर दुर्घटना हुँदा सुरेशको मृत्यु तीव्रगतिमा लामागाउँबाट हवाई ग्राउण्डतर्फ जाँदै गरेको स्कुटर दुर्घटनामा परेको उनको भनाइ छ । अजिरकोट गाउँपालिका–३, हङ्सपुर स्थायी घर भएका गुरूङ पालुङटारमा बस्दै आएका थिए । दुर्घटनाग्रस्त स्कुटर र शव मंगलबार फेला परेपछि घटनाको अनुसन्धान गर्दा गुरूङ आफैंले चलाएको स्कुटर दुर्घटनामा परेको खुलेको हो ।
कोशी प्रदेशले दुई अर्ब ४५ करोडमा चार सय किलोमिटर पदमार्ग बनाउँदैछ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशले दुई अर्ब ४५ करोडमा चार सय किलोमिटर पदमार्ग बनाउँदैछ : मुख्यमन्त्री कार्की चार वटा पदमार्ग निर्माणमा दुई अर्ब ४५ करोड लगानी हुने जनाउँदै मुख्यमन्त्री कार्कीले त्यसका लागि स्वीट्जरल्यान्ड सरकारबाट एक अर्ब ३५ करोड अनुदान प्राप्त हुने जानकारी दिए । ती परियोजनामा नेपाल सरकारले २० करोड, कोशी प्रदेश सरकारले ४५ करोड र २९ वटा पालिकाले ४४ करोड लगानी साझेदारी गर्ने उनको भनाइ छ...
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज संक्षिप्त कुराकानी गर्दै यही माघको तेस्रो हप्ताबाट प्रदेशसभाको बैठक बस्ने र सोही बैठकले ती तीन वटा संशोधन गर्नुपर्ने विधेयकलाई पूर्ण बैठकमा छलफल गराइ पारित गर्ने लक्ष्य रहेको बताए । 
खानेपानी मन्त्रीको हर्क साम्पाङलाई आश्वासन - धरानमा खानेपानीको समस्या चाँडै समाधान हुन्छ
खानेपानी मन्त्रीको हर्क साम्पाङलाई आश्वासन - धरानमा खानेपानीको समस्या चाँडै समाधान हुन्छ खानेपानी मन्त्री प्रदिप यादवले धरानमा खानेपानीको समस्या चाँडै समाधान आश्वासन दिएका छन् ।  खानेपानी मन्त्रालयमा पुगेका धरानका मेयर हर्क साम्पाङलाई मन्त्री यादवले धरानमा खानेपानीको लागि यही वर्ष टेण्डर निकाल्ने आश्वासन दिए ।
६ किलो गाँजासहित मकवानपुरमा एक पक्राउ
६ किलो गाँजासहित मकवानपुरमा एक पक्राउ लागूऔषध गाजासहित एकजना पक्राउ परेका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार मनहरी गाउँपालिका–९ मगरटोलबाट अवैध लागूऔषध गाँजा ६ किलोग्रामसहित सोही ५४ वर्षीय दुर्गाबहादुर मोक्तानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । 
बेलायती राजपरिवारका सदस्य डुक नेपाल आउँदै
बेलायती राजपरिवारका सदस्य डुक नेपाल आउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले आज शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो ।
राजेन्द्र महतो नेतृत्वमा नयाँ पार्टी दर्ता, चुनाव चिन्ह ग्याँस सिलिन्डर (प्रमाणपत्रसहित)
राजेन्द्र महतो नेतृत्वमा नयाँ पार्टी दर्ता, चुनाव चिन्ह ग्याँस सिलिन्डर (प्रमाणपत्रसहित) राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी दर्ता भएको छ । निर्वाचन आयोगले सो पार्टीलाई औपचारिक रूपमा दर्ता गराएको नेता केशव झाले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्‍जले भन्यो - साँझ एक्लै नहिड्नू
चितवन राष्ट्रिय निकुञ्‍जले भन्यो - साँझ एक्लै नहिड्नू भरतपुर–माडी दैनिक पाँच सय दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे दुई सय सवारीसाधन गुड्ने गरेका छन् । साँझपख बढीजसो दुई पाङ्ग्रे सवारीसाधन गुड्ने गरेका छन् । सडक छेउछाउ हात्तीले आक्रमण गर्न सक्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको सूचना अधिकारी थापा मगरले बताए । 
ओली सरकार छिटै ढल्ने प्रचण्डको संकेत
ओली सरकार छिटै ढल्ने प्रचण्डको संकेत नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली सरकार छिटै ढल्ने संकेत गरेका छन् । 
Weather Update