Harsamaya
१२६ लेखकको लेख भएको भानु स्मारिका विमोचन 
१२६ लेखकको लेख भएको भानु स्मारिका विमोचन  नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ‘भानु स्मारिका’नामक पुस्तकको भव्य विमोचन भएको छ। ताप्लेजुङस्थित भानु माध्यमिक विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले पुस्तक विमोचन गरेका हुन् । 
विश्व क्यान्सर दिवसका अवसरमा ‘वाकाथन’
विश्व क्यान्सर दिवसका अवसरमा ‘वाकाथन’ विश्व क्यान्सर दिवसका अवसरमा आज चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘वाकाथन’ कार्यक्रम सम्पन्न गरेको छ ।
तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरियो
तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरियो चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको छ । शनिबार, आइतबार र सोमबार गरी ती गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको हो ।
सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’कार्यक्रम
सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’कार्यक्रम जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ। गर्भवती तथा सुत्केरीको पोषणलाई ध्यानमा राख्दै गाउँपालिकाले कुखुरा वितरण गरेको जनाएको छ ।
पाल्पामा ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री
पाल्पामा ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री यसवर्ष जिल्लामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष आठ हजार आठ सय ६१ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यसपटक तीन सय ३७ मेट्रिक टन उत्पादन बढेको हो ।
डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु
डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु दिपायल सिलगढी नगरपालिका–५ का किसान जयबहादुर शाहीले गोब्रे च्याउको व्यावसायिक उत्पादन सुरु गरेका छन् । उनले दिपायल सिलगढी–५ स्थित जिरो प्वाइन्ट नजिकै जग्गा भाडामा लिएर पहिलोपटक च्याउखेती थालनी गरेका छन् ।  
दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र
दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र जिल्लाको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ गरेका हुन् । 
म्याग्दीको पूर्वाधार र पर्यटन विकासमा मेरो ध्यान गएको छ : अध्यक्ष प्रचण्ड
म्याग्दीको पूर्वाधार र पर्यटन विकासमा मेरो ध्यान गएको छ : अध्यक्ष प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताएका छन् ।
जसपा नेपालको कार्यकारिणी बैठक : यस्तो छ निर्णय
जसपा नेपालको कार्यकारिणी बैठक : यस्तो छ निर्णय जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज सम्पन्न भएको छ। तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठक सोमबार साँझ सकिएको छ।
स्याङ्जामा स्कारपिओ दुर्घटना हुँदा पाँच जना घाइते
स्याङ्जामा स्कारपिओ दुर्घटना हुँदा पाँच जना घाइते स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार मंगलबार बिहान ८ बजे वालिङ नगरपालिका १४ तमादीस्थित वालिङ-पर्वत कच्ची सडकमा स्कारपियो दुर्घटना भएको हो।
जुगललाई हराभरा बनाउन माओवादीको जित आवश्यक - सांसद सापकोटा
जुगललाई हराभरा बनाउन माओवादीको जित आवश्यक - सांसद सापकोटा नेकपा माओवादी केन्द्र जुगल गाउँपालिकाले आफ्नो तेस्रो सम्मेलन सम्पन्न गरेको छ। सोमबार जुगलको ढाडे बजारमा आमसभा गर्दै सम्मेलन सम्पन्न गरेको जुगल माओवादी ले जनाएको हो।
रारामा कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु
रारामा कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएनअष्ट्रेलियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार हिन्दू धर्मअनुसार भूमि पूजा गरिएको हो ।
Weather Update