Harsamaya
इच्छाएको फल माग्न शालिनदीमा भिड (फोटो फिचर)
इच्छाएको फल माग्न शालिनदीमा भिड (फोटो फिचर) पौष शुक्ल पूर्णीमादेखि माघ शुक्ल  पूर्णीमासम्म साँखुको शालिनदीमा श्रीस्वस्थानी देवीको व्रत उपासना गरिन्छ । माघस्नान गर्ने क्रममा शालिनदीमा स्नान गरी नजिकै रहेका हरिहरको पूजा आराधना र स्वस्थानी देवीको पूजा गरेमा इच्छा गरेको फल प्राप्त हुने जनविश्वास छ ।
काठमाडौंका विभिन्न स्थानमा आगलागी हुँदा ३२ लाख बढीको क्षति
काठमाडौंका विभिन्न स्थानमा आगलागी हुँदा ३२ लाख बढीको क्षति सोही सटरमा जोडिएको सोही नगरपालिका–८ सुन्दर बस्ती बस्ने कास्की माछापुच्छ्रे गाउँपालिका–२ घर भएका लिलाबहादुर तामाङको खाजा घर र सोही नगरपालिका–७ बस्ने झापाका अर्जुन चौधरीको मोटरसाइकल ग्यारेजमा पनि आगलागी भएको थियो ।
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुखसहित पाँच जना पक्राउ
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुखसहित पाँच जना पक्राउ सहकारी रजिष्ट्रार कार्यालय पोखराले गरेको छानबिनका क्रममा उक्त सहकारीका बचतकर्ताहरूको रकम दुरुपयोग गरेको भेटिएको र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई प्रतिवेदन पठाएको थियो । त्यसै आधारमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।      
सवारी दुर्घटनामा परी ६ महिनामा ३८ जनाको मृत्यु
सवारी दुर्घटनामा परी ६ महिनामा ३८ जनाको मृत्यु पृथ्वी राजमार्गकै व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिबार राति ग्याँस बोकेको बुलेट ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु भयो । यी केही उदाहरण मात्रै हुन्, जिल्लामा पछिल्लो छ महिनामा सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् । मुग्लिन –पोखरा सडकखण्ड विस्तारसँगै फराकिलो सडकमा तीव्र गतिका कारण दुर्घटना बढेको हो । 
तनहुँमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
तनहुँमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ क ५८९६ नंको टिपरले ग १८ प ७७५२ नंको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–३२ लेखनाथकी ४१ वर्षीया अप्सरा क्षेत्री मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । 
टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई
टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई विभागीय टोली नेपाल पुलिस क्लबले पोखरामा आज सम्पन्न टाइगर कप भलिबलको उपाधि जितेको छ । पुलिस क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई हराउँदै उपाधि जितेको हो । 
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला परेको छ।
प्रहरीले चलायो पोखराका ‘ट्यापे-मुन्द्रे’ तह लगाउने अभियान
प्रहरीले चलायो पोखराका ‘ट्यापे-मुन्द्रे’ तह लगाउने अभियान कास्कीका ‘ट्यापे-मुन्द्रे’लाई लक्षित गरी प्रहरीले उनीहरूका मोटरसाइकल नियन्त्रणमा लिन थालेको छ। सहरमा आफ्नो रवाफ देखाउन ‘ट्यापे-मुन्द्रे’हरू मोटरसाइकलको स्वरुप परिवर्तन गर्छन् र चर्को आवाज दिँदै गल्ली, गल्लीमा मानिसलाई त्रसित बनाउँदै हिँड्छन्।
धनुषाबाट २५ किलो गाँजा बरामद
धनुषाबाट २५ किलो गाँजा बरामद इलाका प्रहरी कार्यालय ढल्केवर र अस्थायी प्रहरी पोष्ट बडहरीबाट खटिएको प्रहरीले आइतबार बिहान बागमती प्र.०२-०२९ प ३७३६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
साइबेरियन र रसियाबाट फर्किए ३२ प्रजातिका हिउँदे आगन्तुक चरा 
साइबेरियन र रसियाबाट फर्किए ३२ प्रजातिका हिउँदे आगन्तुक चरा  चराविद् राम शाहीले पानी चराको बासस्थान र संरक्षणको अवस्थाका बारेमा विस्तृतमा सूचना तथा जानकारी प्राप्त हुने भएकाले चरा गणना गरिएको बताए । उनले बाँकेको राप्तीनदी तटिय क्षेत्र, सुतैया ताल, कान्तितालमा सिलसिले हाँस र जल कौवासँगै अन्य वकुला प्रजातिका चराका लागि बासस्थान सुरक्षित रहेको जानकारी दिए । 
केबलकार निर्माण खारेजीको माग गर्दै गरिएको बन्दले पूर्वको जनजीवन प्रभावित
केबलकार निर्माण खारेजीको माग गर्दै गरिएको बन्दले पूर्वको जनजीवन प्रभावित पूर्वका विभिन्न जिल्लाका राजमार्गमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरेर यातायात सुचारु गर्ने प्रयास गरिएको छ । विभिन्न माग राख्दै संघर्ष समितिले हित माघ २० र २१ गते दुई दिन अरुणपूर्वका ९ जिल्ला बन्दको आव्हान गरेको हो ।
जलेश्वर कारागारका कैदीको मृत्यु 
जलेश्वर कारागारका कैदीको मृत्यु  अचानक बेस्सरी पेट दुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार राति २:३० बजेतिर उनको मृत्यु भएको कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीले जानकारी दिए ।
Weather Update