जलेश्वर कारागारका कैदीको मृत्यु
काठमाडौं - महोत्तरीको जलेश्वर कारागारका एकजना कैदीको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका-१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो ।
अचानक बेस्सरी पेट दुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार राति २:३० बजेतिर उनको मृत्यु भएको कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१ ०९:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

