जलविरे नजिक त्रिशुली नदीमा शव भेटियो
आइतबार, फागुन ११, २०८१
त्रिशुली नदीमा शव भेटिएको छ। जलविरे नजिकै त्रिशुली नदीमा एक युवकको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले सुरक्षाकर्मीको टिमले शवलाई नदी बाहिर निकालेको छ।
चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी
आइतबार, फागुन ११, २०८१
अझै पनि चेतनाको अभावमा निसीखोलाको दुर्गम गाउँमा घरमै सुत्केरी हुने गरेको पाइएको छ । यहाँको दुर्गम गाउँ चुसिबाङ, तिघ्रापानी, भुर्वाङ र निसेलढोरजस्ता गाउँमा गर्भवतीको ४० प्रतिशत घरमै सुत्केरी हुने गरेको पाइएको छ ।
सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द
आइतबार, फागुन ११, २०८१
रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो ।
स्ट्रबेरीखेतीबाट वार्षिक ६ लाख बचत
आइतबार, फागुन ११, २०८१
किसान खड्काले भने, ‘कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले छ वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, विगत दुई वर्षदेखि भने व्यावसायिक रूपमा स्ट्रबेरीखेती पनि गर्दै आएको छु ।’
काभ्रेका केही किशोरीले ‘एचपिभी’खोप लगाउन मानेनन्
आइतबार, फागुन ११, २०८१
यहाँका १६ हजार ९७ बालिकालाई खोप लगाइने लक्ष्य रहेकामा १५ हजार तीन सय ४४ अर्थात् ९५ दशमलव ३२ प्रतिशत बालिकालाई उक्त खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
आइतबार, फागुन ११, २०८१
अगालगीबाट हुने मानवीय, पशु चौपाया, धनसम्पत्ति, महत्त्वपूर्ण कागजपत्र, काठपात, अन्न, लुगाफाटोलगायतका क्षति न्यूनीकरण गर्न यस कार्यले सघाउ पुर्याउने उनले बताए।
फुङलिङमा निषेधाज्ञा जारी
आइतबार, फागुन ११, २०८१
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी आदेशअनुसार, आइतबार बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जना भन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
नो केबलकार समूह र प्रहरीबीच फुङलिङ बजारमा झडप
आइतबार, फागुन ११, २०८१
प्रदर्शनकारीले केही घरमा आगजनी र प्रहरीमाथि आगोको मुस्लाो फ्याँकेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको सीडीओ नेत्रप्रसाद पौडेलले नेपाल बताए ।
महाशिवरात्रिको तयारी : आकर्षक बनाइँदै पशुपति क्षेत्र
आइतबार, फागुन ११, २०८१
बत्ती र फूलले सजावट गरिएको पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा गरिएको रङरोगन पनि अन्तिम चरणमा पुगेको छ । रङरोगनले पशुपति क्षेत्र आकर्षक बेनेको छ । नेपालको झन्डा आकारमा सजाइएका बत्ती र फूलले आकर्षक देखिएको बालाजुबाट पशुपति क्षेत्र आउनुभएका दीपकप्रसाद घिमिरेले बताए ।
तुम्लिङटारमा एक वर्षमा ८६ पटक उडान अवरुद्ध
शनिबार, फागुन १०, २०८१
भिजिविलिटी कमजोर हुँदा सन् २०२५ मा मात्र २३ पटक हवाई उडान अवरुद्ध भएका प्रमुख दाहालले जानकारी दिए। ‘माघ र फागुनमा मात्र लगातार तीन साता उडान ठप्प भएको थियो। उडान अवरुद्ध हुदाँ वृद्धवृद्धा र बिरामी प्रभावित हुने गरेका छन्,’ उनले भने।
मुग्लिन-पोखरा सडकः दमौली बजारमा कालोपत्र गर्न थालियो
शनिबार, फागुन १०, २०८१
पूर्वी खण्डमा हालसम्म ७७ दशमलव ७ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरीमध्ये ३४ दशमलव ५ किमीमा चार लेन र ३ दशमलव १ मा दुई लेन सडक कालोपत्र भइसकेको छ ।
पाथीभरामा अधिक हिमपात
शनिबार, फागुन १०, २०८१
विगतमा भने हिमपात हुँदा बाटो चिप्लने, पदमार्ग नै हिउले पुरेर नदेखिने हैरानी खेप्न परेको थियो । तर विस्तारै विकास समितिले पदमार्गमा फाइबरको छानो लगाउन थालेसँगै हिमपात तथा पानी पर्दा समेत तीर्थयात्रीलाई सहज भएको स्थानीयको भनाइ छ । पाथीभारा क्षेत्र विकास समितिका अनुसार आज ३०० जना तिर्थयात्रीहरू पाथीभरा धाममा पूजापाठ गरेको...
रत्न माध्यमिक विद्यालय भवन जीर्ण : अश्वासन पाइने तर काम नहुने
शनिबार, फागुन १०, २०८१
‘विद्यार्थीका लागि बस्नका लागि प्रयाप्त डेस्क बेन्च छैनन्, भएका पनि पुराना भएकाले कुन समय टुट्ने हुन पत्तो छैन, आर्थिक अभावले मर्मत गर्न सकिएको छैन’ उनले भने, ‘पुराना विद्यालय भवनका झ्याल, ढोका प्लाइउडका भएकाले मक्किएर खस्ने अवस्थामा छन्, शौचालय पुराना र निकै जीर्ण हुँदा प्रयोग गर्न लायक छैनन् ।’
साताको लोकप्रिय

