कर्णालीभर ९० उम्मेदवारको जमानत जफत
मंगलबार, फागुन २६, २०८२
कर्णाली प्रदेशका १० जिल्लामा बदर मतको सङ्ख्या धेरै छ । दश जिल्लाको प्रत्यक्ष र समानुपातिक बदर मत ४३ हजार ५०० रहेको छ ।
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
मंगलबार, फागुन २६, २०८२
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ हजार ७५५ मत ल्याउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीले आठ हजार ५३७ मत ल्याएको छ । नेपाल मजदुर किसान पार्टीले पाँच हजार १३० मत प्राप्त गरेको छ ।
बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल
मंगलबार, फागुन २६, २०८२
प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ सिट प्राप्त गर्न राजनीतिक दलले कुल मतको कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ ।
समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड
मंगलबार, फागुन २६, २०८२
रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ । पछिल्ला निर्वाचनहरुमा ५० लाख मत कुनैपनि दलले प्राप्त गर्न सकेका थिएनन् । ५० लाख मत कटाएर रास्वपाले नयाँ रेकर्ड गरेको छ ।
यस्तो छ कोशी प्रदेशबाट नव निर्वाचित माननीयको सूची, को को भए निकटतम प्रतिस्पर्धी ?
मंगलबार, फागुन २६, २०८२
यो जिल्ला एसअघि पनि नेकपा एमालेले नै जितेको जिल्ला हो । एमालेका उपमहासचिव योगेश भट्टराईले अघिल्लो निर्वाचन जितेका थिए ।
चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत
मंगलबार, फागुन २६, २०८२
जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवन १ मा १५ जनाको, चितवन २ र ३ मा २१–२१ जनाको जमानत जफत भएको हो । कार्यालयका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको सदर मतको १० प्रतिशत मत नपाएका उम्मेदवारहरूको जमानत जफत भएको हो ।
बाजुरामा समानुपातिकमा पनि काँग्रेस पहिलो
मंगलबार, फागुन २६, २०८२
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, समानुपातिकमा कुल खसेको ४५ हजार ६६९ मत मध्ये काँग्रेसले १६ हजार ७४६ मत प्राप्त गरेको हो । त्यस्तै नेकपा एमालेले १५ हजार ८९७ मत प्राप्त गरेको छ ।
संखुवासभामा एमालेका अर्जुन कार्की विजयी
मंगलबार, फागुन २६, २०८२
निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङमा शेर्पाले १५ हजार मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीकी उम्मेदवार उमा कुमारी राईले ९ हजार ८५७ मत प्राप्त गरेकी छन् ।
रौतहटमा १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा
मंगलबार, फागुन २६, २०८२
जिल्ला निर्वाचन अधिकारी छोटे लाल दासका अनुसार क्षेत्र नं. १ मा कुल ३९ जना उम्मेदवार थिए, जसमध्ये ३४ जनाको जमानत जफत भएको छ । यहाँको क्षेत्र नं. २ मा २६ उम्मेदवारमध्ये २३ जनाको धरौटी गुम्यो। यस क्षेत्रमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरूले समेत न्यूनतम मत कटाउन...
समानुपातिक तर्फ हालसम्म रास्वपाले पायो ४९ लाख मत, अरुको दलको कति ?
मंगलबार, फागुन २६, २०८२
निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ५:३० बजेसम्मको विवरणअनुसार नेपाली काँग्रेसले १६ लाख ६६ हजार ७९६, नेकपा (एमाले)ले १३ लाख ८५ हजार १४९, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ४८ हजार २५९, श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ७७६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २१ हजार ९७६ मत प्राप्त गरेको छ...
धनुषा–१ को परिणाम विवादबीच मातृकाप्रसाद यादवलाई निर्वाचित प्रमाणपत्र
सोमबार, फागुन २५, २०८२
यस क्षेत्रमा सबैभन्दा बढी मत ‘घन्टी’ चुनाव चिन्हमा परेको भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी खारेज भएको कारण उनको मत परिणाम सार्वजनिक गरिएको छैन। निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि मतगणनाको अन्तिम परिणाम घोषणा अन्योलमा परेको थियो।
आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
सोमबार, फागुन २५, २०८२
गत माघ ४ गतेको आयोगको निर्णयअनुसार त्यसै राति १२ बजेदेखि आचारसंहिता लागू भएको थियो । उक्त आचारसंहिता आज रातिदेखि निष्क्रिय हुने आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
३५ वर्षमुनिका २३ युवा सांसद संसद्मा
सोमबार, फागुन २५, २०८२
यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको उल्लेखनीय प्रवेश गराएको छ। ३५ वर्षमुनिका २३ जना उम्मेदवार प्रत्यक्षतर्फ प्रतिनिधिसभामा निर्वाचित भएका छन्।
साताको लोकप्रिय

