
रौतहट - रौतहटको गौरमा चक्कु प्रहार गरि एक युवकको हत्या गरिएको छ । गौर नगरपालिका वडा नं. ५ गौरी शंकर यादव क्याम्पस नजिकै १८ वर्षीय युवकको चक्कु प्रहार गरि हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
बरहवा ताल पारी झुलुंगे पुल नजिकै बुधवार दिउसो ३: १५ बजेको समयमा चक्कु प्रहार गरी हत्या गरिएको अवस्थामा घटनास्थालमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
हत्या भएको युवक गौर नगरपालिका वडा नं. ५ गौरी शंकर यादव क्याम्पस नजिकै बुधबार दिउसो चक्कु हानहान हुँदा १८ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चक्कु प्रहार यमुनामाई गाउँपालिका ५ का सहाबुद्दिन मिया रहेको बुझिएको छ । उनका काका अब्दुल ओहिदले पहिचान गरेका हुन् । यस घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
घटनास्थलबाट हत्यामा प्रयोग भएका चक्कु बरामद भएको समेत उनले जानकारी दिए । प्रहरी टोली तत्काल घटनास्थलमा पुगेकाले उक्त घटनामा संग्लन एक जनालाई पक्राउ गरिएको उनले बताए ।
गौर नगरपालिका–३ बस्ने २० वर्षीय सनोज रामलाई प्रहरीले पक्राउ गरेको हो । बरहवा ताल पारी गएर लागु औषध गाँजा सेवन गरेपछि दुबै जनाबीच चक्कु हानाहान भएको बुझिएको छ । चक्कु प्रहार गर्नेको पनि हात काटिएको छ ।
पक्राउ परेका रामलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।