जुवातास खेलिरहेका ८ जना पक्राउ

काठमाडौं - नागार्जुन नगरपालिका-१ रानिवनस्थित पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थमा सोही ठाउँ बस्ने गोरखा गण्डकी गाउँपालिका-५ घर भएका ४८ वर्षीय देव खनाल लगायत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ४ सय ८० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२ १७:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय