जुवातास खेलिरहेका नुवाकोटका विशालसहित पाँच जना पक्राउ

काठमाडौं - तारकेश्वर नगरपालिका-२ स्थित ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने नुवाकोट ताडी गाउँपालिका-१ घर भएका ३२ वर्षीय विशाल तामाङ समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार २ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२ २१:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय