Harsamaya
राज्य व्यवस्था समितिबाट राजीनामा दिन पार्टीले कुनै दबाव दिएन - रामहरि खतिवडा
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा ।

काठमाडौं - नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिन पार्टीले कुनै दबाव नदिएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा राजीनामाको घोषणा गरेपछि संसद भवनमा सञ्चारकर्मीको प्रश्नमा खतिवडाले राजीनामा दिन पार्टीले कुनै दबाव नदिएको बरु पार्टी सभापतिले पदमा नै बस्नु भनेको बताए । यद्यपि मनले नमानेपछि राजीनामा दिएको उनको भनाइ छ ।

खतिवडाले कुलिङ अफ पिरियडसम्बन्धी छानविन समिति बनेकै दिन सभापतिको हैसियतमा प्राप्त भएका सबै सेवा सुविधा समेत फिर्ता गरेको उल्लेख गरे । 

खतिवडाले कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा भएको त्रुटिको नैतिक जिम्मेवारी लिदै मंगलबार पदबाट राजीनामा दिएका थिए ।  

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update