Harsamaya
होटेलमा जुवातास खेलिरहेका पाँच जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

डडेल्धुरा - अमरगढी नगरपालिका-१ स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ३८ वर्षीय मान बहादुर साउद समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ७ सय ८५ रूपैयाँ र २ सय ८ पत्ता तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update