खुकुरी प्रहार गरी आफ्नै भाइको हत्या गर्ने रोशन पक्राउ

काठमाडौं - हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
ताप्लेजुङमा आफ्नै भाइ २० वर्षीय रोशन विकको हत्या गरेको अभियोगमा आठराई त्रिवेणी गाउँपालिका-४ आहाले बस्ने २२ वर्षीय मन कुमार विकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विषयलाई लिएर मन कुमारले खुकुरी प्रहार गर्दा रोशनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: शनिबार, साउन १७, २०८२ १९:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय