Harsamaya
पाँचथरमा कोदालोको पासोले हानेर श्रीमतीको हत्या
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - पाँचथरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । फालेलुङ गाउँपालिका– ७ का २७ वर्षीय महेन्द्र तामाङले श्रीमती २२ वर्षीया श्रीमती अनु राईको हत्या गरेका हुन् ।

फिदिम नगरपालिका– २ स्थित माइती घरमा रहेकी अनुलाई महेन्द्रले कोदालोको पासो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पारिवारिक विषयमा विवाद उत्पन्न भएपछि ससुराली पुगेका महेन्द्रले श्रीमती अनुमाथि कोदालोको पासोले हानेको प्रहरीको बताएको छ । पासोले लागेर घाइते भएकी अनुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ थप उपचारका लागि अनुलाई झापाको वीएण्डसी अस्पताल लगिएको थियो । अस्पतालले आज बिहान अनुको मृत्यु भएको घोषणा गरेको छ । 

श्रीमतीलाई कुटेर भागेका महेन्द्रलाई फिदिम– ६ गोलेगाँउमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी कौशल बुढाथोकीले जानकारी दिए ।

यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update