करिब ६७१ किलो गाँजासहित भारतीय ट्रक चालक पक्राउ

चितवन - राप्ती नगरपालिका-१ स्थित लोथर पुल नजिकैबाट करिब ६ सय ७१ किलो ६ सय ग्राम गाजासहित भारत बिहार पूर्वी चम्पारण तुर्कालिया घर भएका ३७ वर्षीय शेख सविलअख्तरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको युपि ८२ टि ३९२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई लुकाई छिपाई राखेको ४३ वटा पोकाबाट उक्त परिमाणको गाँजा फेला पारी चालक सविलअख्तरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, साउन १०, २०८२ २१:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय