बुवालाई छुरा हानेर हत्या गरेको अभियोगमा छोरा पक्राउ

सुनसरी - आफ्नै बुवा ६० वर्षीय सबिब अंसारीको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । देवानगंज गाउँपालिका-३ बस्ने ४० वर्षीय मोहम्मद रियाज अंसारीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
जग्गाको विषयलाई लिएर बादविवाद हुँदा मोहम्मदले छुरा प्रहार गर्दा सबिब गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी मोतिटप्पुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । छुरा प्रहारबाट गम्भीर घाइते भएका सबिबको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०८२ १८:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय