Harsamaya
एयरपोर्टबाट गाँजासहित भारतीय नागरिक पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषधसहित भारतीय पक्राउ परेका छन् । 

करिब १४ किलो २ सय १० ग्राम गाजासहित भारतीय नागरिक ३२ वर्षीय धर्मेश राशिकभाइ चउनारा सोमबार दिउँसो पक्राउ परेका छन् । 

थाई एयरलाइन्सको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  २०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update