करिब ३८८ किलो गाँजा सहित रेखा पक्राउ

सप्तरी - राजगढ गाउँपालिका-३ नर्घो बस्ने ४१ वर्षीया रेखा कुमारी मण्डललाई अवैध लागूऔषध गाँजा करिब ३ सय ८८ किलो ७ सय ३० ग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कल्याणपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा निर्माणाधीन शौचालय, गोठ र घर नजिकैको बाँसको झ्याङबाट गरी १२ वटा बोरामा रहेको उक्त परिमाणको पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०८२ १८:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय