Harsamaya
डेढ लाख नगदसहित जुवातास खेलिरहेका ९ जना बाराबाट पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

बारा - जीतपुरसिमरा उपमहानगरपालिका-२ जानकी टोलबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय सुसन खाती सुनार समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार ६ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update