Harsamaya
सुनको मूल्य बढ्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको छ । 

आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ वृद्धि भएको हो ।  यस्तै आइतबार चाँदीको मूल्य तोलामा २ हजार २८५ रुपैयाँ पुगेको छ । शुक्रबार भने चाँदी तोलामा २ हजार २२० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update