भोजपुरमा ज्वाईंले गरे सासु, ससुरा, श्रीमती र सालोको हत्या

काठमाडौं - भोजपुरमा ज्वाईंले परिवारका चार सदस्यको हत्या गरेका छन् । भोजपुर नगरपालिका २ का राजेन्द्र राईले (रामप्रसाद राई)ले सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
चार जनाको हत्या गरी उनले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ । राई गएराति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेका थिए ।
लगत्तै प्रहरी घटनास्थल पुग्दा ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको शव फेला परेको थियो ।
अभियुक्त राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको पनि पेटमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, असार २२, २०८२ ०९:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय