Harsamaya
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सङ्घीय संसद सचिवालय ।

काठमाडौं - सङ्घीय संसद अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ ।  राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्न लागेको हो ।

बिहान ११ बजेका लागि बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनुहुने माननीयज्यूहरुसँग छलफल हुनेछ ।

बिहान ८ :३० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची छ ।

बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

बिहान ८ बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा सुनुवाइ हुन बाँकी सार्वोेच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषद्का सदस्यको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update