Harsamaya
धानको भुसभित्र लुकाइराखेको २१२ किलो गाँजासहित चार पक्राउ
मकवानपुर थाहा नगरपालिका वाड न ४ का गाडी चालक वर्ष २८ को रवि कार्की  , थाहा नगरपालिका वाड न १२ का वर्ष ४३ क वीर बहादुर गोले , हेटौंडा नगरपालिका १४ बस्ने वर्ष २३ को साजन मोक्तान र धादिङ थाक्रे गाउँपालिका वाड न ७ बस्ने बर्ष ३१ का महेश तामाङ ।

रौतहट - बारा प्रहरीले २ सय १२ किलो लागूऔषध गाजासहित चार जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडाबाट प्रर्सौनी गण्डकतर्फ आउँदै गरेको प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडीलाई शनिबार बिहान चेकजांच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध गाजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बारा, ईलाका प्रहरी कार्यलय सिमरा र प्रसौनी बाराबाट खटिएको संयुक्त टोलीले परवानीपुर गाउँपालिका वाड न ५ बहुअरीबाट लागुऔषध गाजा बरामद  गरेको प्रहरीले उल्लेख गरेको छ ।

पिकअप गाडीमा धानको भुसभित्र लुकाइराखेको अवस्थामा २ सय १२ किलो ९२८ ग्राम लागूऔषध गाँजा बरामद गरिएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

उनका अनुसार मकवानपुर थाहा नगरपालिका वाड न ४ का गाडी चालक वर्ष २८ को रवि कार्की  , थाहा नगरपालिका वाड न १२ का वर्ष ४३ क वीर बहादुर गोले , हेटौंडा नगरपालिका १४ बस्ने वर्ष २३ को साजन मोक्तान र धादिङ थाक्रे गाउँपालिका वाड न ७ बस्ने बर्ष ३१ का महेश तामाङलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

उनीहरू पिकअप गाडीमा सवार रहेको प्रहरी नायब उपरीक्षक  पण्डितले बताए । यस घटनाको बारेमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update