Harsamaya
बैंकिङ कसूर मुद्दाका फरार नुवाकोटका प्रकाश पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-११ बबरमहल बस्ने नुवाकोट तादी गाउँपालिका-२ घर भएका ३९ वर्षीय प्रकाश कट्टेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको छ । 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update