Harsamaya
चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा गोदावरीबाट चार जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

ललितपुर - गोदावरी नगरपालिका-१४ हाडेगाउँ बस्ने ४६ वर्षीय मदन लामाको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मदन समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ५ सय ५० रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update